२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सडक सुधार हुन्छ की ! उस्तै हो ?

२०७२, २९ चैत्र सोमबार ०६:५७

विमल धामी, चैत्र २९ ,कञ्चनपुर / कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने दैजी–बेल्डाँडी सडक यती बेला सुधारोन्मुख संकेत छ ।

जिल्ला सदरमुकाम देखि दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको उक्त सडक जनताको लामो संघर्ष पछि सरकारी पक्षबाट सुधार हुनै लाग्दा दक्षिणी जनतामा एक किसिमको आसा पलाएको छ । भने एका तर्फ सडक सुधार होला भन्ने पूर्ण विश्वस्त छैनन् ।

विगतका बर्षहरुमा सरकारी बजेट कुम्ल्याउनका लागि आर्थिक वर्षको अन्त्यमा कनिका छरे झै सडकमा ग्राभिलिङ हालिन्थ्यो र उक्त ग्राभिलिङ पनि असारमा स्वाहा हुन्थ्यो । सडक सुधार नहुँदा दक्षिणी क्षेत्रका जनताहरु अझैपनि निकै भयावह यात्रा गर्न बाध्य छन् ।

पूर्व पश्चिम राजमार्ग संगै छोईएका दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी र दैजी–बेल्डाँडी लगायतका ग्रामिण सडक बर्षातमा हिलाम्मे, गर्मिमा धुलैधुलो जस्ता समस्याबाट ग्रसित छन् । सडक सुधार नभएकै कारण दक्षिणी जनताको प्रत्यक्ष दैनिक जनजिवन देखि समग्र विकास निर्माणमा समेत कच्ची सडक बाधक बनेको छ ।

कृषिका हिसाबले प्रसस्त सम्भावना बोकेको दक्षिणी क्षेत्रमा दुई ठुला चिनी उद्योग लगायत, इटा, टायल, गुर, खाद्य तेल लगायतका साना मझैला उद्योगहरुमा समेत प्रभाव परेको छ । सडकले आम नागरिक र भौतिक विकास निर्माणमा समेत मुख्य बाधा उत्पन्न गरेको छ । जनताका दैनिक जनजिवनका समस्या लगायत राष्ट्रको सर्वाङ्गिण विकासमा समेत चुनौती थपेको तितो अर्थात बेल्डाँडी, बेलौरी कच्ची सडक हो ।

कञ्चनपुरको पहिलो सदरमुकाम बेलौरी हुँदा पनि दक्षिणी क्षेत्रका सडक आजसम्म कालोपत्रे नहुँदा यस क्षेत्रको प्रर्याप्त सम्भावना भएपनि कृषि औद्योगिक क्षेत्र फस्टाउनै सकेन् । कृषकहरुले उत्पादन गरेका कृषिजन्य बस्तुहरु समयमै खपत गर्न नसक्दा कृषकहरु मारमा परेका छन् ।

हालैसालै मात्र खुलेका दुई ठुला चिनी उद्योगमा आफ्नो कच्चा कृषिबस्तु खपत गर्नका लागि समेत कृषकहरुले कच्ची सडकको मात्र मात्र होईन उल्टै आफ्नो लगानी समेत डुबाउनु परेको बाध्यताहरु छन् ।

यस्तै उक्त उद्योग तथा अन्य कृषि बस्तुहरुको सप्लार्यस गर्दा समेत चर्को ढुवानी खर्च गर्नुपर्ने मुख्य कारण कच्ची सडक हो । कच्ची सडकमा ढुवानीकर्ताले जोखिम मोल्नु परेकाले त्यसको भार पनि आम सर्वसाधारण कृषकहरुले बेहेर्नु परेको छ ।

यस्तै यहाँका कृषकहरुले तरकारी फलफुल तथा दुग्ध पदार्थ उत्पादन गरेका बस्तुहरु बजारसम्म पु¥याउन कल्पना समेत गर्दैनन् । किनकी कच्ची सडक नियमित यात्रु बोग्ने बस विच जंगलमा बिग्रीने तथा बजार ढिलो गरि पुग्ने र बर्षातका बेला ठाँउमा पुग्ने नपुग्ने ठेगान नभएका कारण पनि साना कृषकहरु यसरी मारमा परेका छन् ।

१२ है्र महिना सिँचाईको सुविधा भएपनि यहाँका कृषकहरु सडककै कारण विदेशीन बाध्य छन् । यस्तै कच्ची सडकका कारण दक्षिणी आमा, शिशु तथा बृद्धहरुको प्राय सडकमा प्राण समेत गएका प्रसस्त उदाहरण छन् । सर्पले टोकेपछि समयमै उपचार गर्न नसक्दा विच जंगलमै मृत्यु, निमोनिया तथा बालबालिकाहरुमा लाग्ने आकस्मिक रोगका कारण पनि कयैन बालबालिकाहरुले सडकमै प्राण त्यागेका छन् ।

यस्तै सुत्केरी गराउन अञ्चल अस्पताल लग्ने क्र्ममा पनि आमाहरुको कच्ची सडकमा प्राण आहुती भएपनि उनीहरुको मृत्युको कहि कतै पनि अभिलेख राखिएको छैन् ।

यसैगरी यस क्षेत्रका व्यवसायीहरु समेत मारमा परेका छन् । जोखिम मोलेर उपभोक्ताहरुका लागि समानहरु आफूर्ति गरिरहेका छन् । कच्ची सडकमा दोब्बर भाडा, जोखिम मोलेर समान आयात निर्यात गर्दछन् । व्यवसायिक रुपमा समेत कच्ची सडक यस क्षेत्रको विकासमा बाँध बनेको छ । कच्ची सडक हुँदा अन्य क्षेत्र जस्तै शैक्षिक क्षेत्रमा समेत जटिलता समान रहेपनि विद्यार्थीहरुलाई राज्यबाट प्रदान गरिएको अधिकार समेत खोसिएको छ ।

गाडी साहुहरुले कच्ची सडकको कारण देखाउदै विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा पाउने सहुलियत ४५ प्रतिशत भाडा छुट गदैनन् । कच्ची सडक हुँदा तेब्बर, समय रकम खर्च गरेर पनि यात्रुहरु निश्चित गन्तव्यमा पुग्ने ग्यारेन्टी थिएन् ।

कलुवापुर–बेलौरी २७ किलोमिटर र दैजी–बेल्डाँडी सम्म १९ किलोमिटर, विच विचमा नदि खोला र त्यस माथी जंगल भएका कारण दक्षिणी क्षेत्रको सिङ्गो जनसंख्या यातायात क्षेत्रमा प्रत्यक्ष मारमा छ ।

कच्ची सडकले नछोएको क्षेत्र कहि पनि बाँकी छैन् । विगतको भन्दा यस पटक सडक सुधारको लक्षण समेत राम्रो देखिएको स्थानियहरुको विश्लेषण छ । सडक खण्ड सुधारका लागि अहिले रोड रोलिङ भईरहेको छ । सडक छेउछाउको झारपातहरु समेत हटाईएका छन् । टाढा देखि हेर्दा सडक जस्तो अनुभूती समेत भएको यात्रुहरुले अनुभव गरेका छन् ।

सडक सुधारको शुरुवात हेर्दा सडक सुधारोन्मुख हुने यस क्षेत्रका स्थानियहरुले आशा गरेका छन् । सडक डिभिजन कार्यालय कञ्चनपुरले दैजी देखि कालिकिच सम्म ग्रेट गर्न लागेको छ । सडक डिभिजन कार्यालयका इन्जिनियर डिलानन्द गिरीले सडक डिभिजन कार्यालयले जनताको आवश्यकतालाई मध्य नजर गर्दै ग्रेट गर्न लागेको बताउनुभयो । उहाँका अनुसार बजेट अभाव भएका कारण सडक अझैपनि अलपत्र अवस्थामा रहने छ ।

माथिल्लो निकाय संग बजेट माग गरेपनि नदिएका कारण सडक सुधार गर्न समस्या भएको उनको भनाई छ । ग्रेट गर्दा सडक धुलाम्मे भएकाले सडकमा पानी छर्कन समेत स्थानिहरुले सुझाव दिएका छन् । बेल्डाँडीका स्थानिय युवा मदन खत्रीले धुलोका कारण मानिसको स्वास्थ्य खराब हुने भएकाले सडकमा पानी छर्कन सुझाव दिनुभयो ।

अहिले ताछेको सडक बर्षातको बेला नाजुक हुने भएकाले सडक सुधारका लागि आवश्यक पहल गर्न समेत स्थानियहरुले सरकारी निकायलाई सुझाव दिएका छन् ।

दक्षिणी क्षेत्रका जनताहरुले लामो संघर्ष, प्रतिक्षा र त्यागका विच आज सडक सुधार गर्ने जिम्मा पाएको सडक डिभिजन कार्यालयले जनताको आसा, अपेक्षा अनुसार दिगो कार्य गर्नुपर्ने आवश्कता छ ।

यस क्षेत्रका जनताहरुले समेत उक्त सडक सुधारको जिम्मा पाएको सम्बन्धीत निकाय संग गुणस्तरिय र भरपर्दो काम गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा