जेठ १९, नुवाकोट । तिब्बती सेनासँग ऐतिहासिक युद्ध लडेको नुवाकोटको सूर्यगढीको संरक्षणका लागि गढीमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको छ । 

विसं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १९, नुवाकोट । तिब्बती सेनासँग ऐतिहासिक युद्ध लडेको नुवाकोटको सूर्यगढीको संरक्षणका लागि गढीमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको छ । 

विसं"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको सूर्यगढीमा राष्ट्रिय झन्डा झन्डोत्तोलन किन गरियो ?

१९ जेष्ठ २०७४, शुक्रबार ०७:३७


जेठ १९, नुवाकोट । तिब्बती सेनासँग ऐतिहासिक युद्ध लडेको नुवाकोटको सूर्यगढीको संरक्षणका लागि गढीमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको छ । 

विसं १८४५ देखि चार वर्षसम्म गोर्खाली (नेपाली सेना) ले युद्ध लडेर साहसिक सफलता पाएको सूर्यगढीको संरक्षण र प्रवद्र्धनका लागि बिहीबार दश फिट लामो राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको हो ।

सूर्यगढी पर्यटन विकास समितिको आयोजनामा सूर्यगढी गाउँपालिका–३ मा अवस्थित सूर्यगढीमा झन्डोत्तोलन गर्दै नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले नेपालीको योगदान र प्राप्त सफलतालाई जीवन्त राख्न सूर्यगढी लगायतका युद्धस्थलको संरक्षण आवश्यक रहेको बताए । 

“नेपाली वीर गोर्खाली हौँ भन्ने बलियो प्रमाण नै हाम्रो अमूल्य सम्पत्ति हो”, स्थानीय विकास अधिकारी पण्डितले भने, “गढीको संरक्षणले सन्ततिमा आत्मविश्वासको वृद्धि र विदेशीसामु शिर उँचो बनाउने आधार मिल्नेछ ।”

कार्यक्रममा सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले गढी संरक्षणका लागि स्थानीय क्षेत्रबाट पदमार्गको निर्माण, पुराना संरचनाको संरक्षण गरी केन्द्रीयस्तरबाट सहयोग जुटाउन पहल गर्ने बताए। सूर्यगढी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिवबहादुर भण्डारीले इतिहाससमेत अस्पष्ट रहेकाले गढी संरक्षण गरी त्यस समयमा भएका क्रियाकलापलाई लिपिबद्ध गर्नु राज्यको दायित्व भएको बताए। 

विसं १८४५ देखि १८४९ सम्म तिब्बती सेनासँग गोर्खाली योद्धाले वीरतापूर्वक युद्धमा लडी नेपालीको जित भएकाले नेपालीको सीमा रसुवागढीसम्म कायम गराउन सफल भएको सन्देशलाई जीवन्त राख्न पहिलो चरणमा झन्डोत्तोलन गरेको सूर्यगढी पर्यटन विकास समितिका अध्यक्ष राजन लामिछानेले बताए । 

नुवाकोट र रसुवाको आधा भूमिको सहजरुपमा अवलोकन गर्न सकिने पहाडी चट्टानको बीचमा पर्ने सूर्यगढीमा तत्कालीन समयमा बहादुर शाह र दामोदर पाण्डेको नेतृत्वमा भएको युद्धले तिब्बती सेनालाई पराजित गर्न सफल भएसँगै वेत्रावती सन्धि भएको थियो । वेत्रावती सन्धिले नेपाली पक्षको जित र नेपालले दाबी गरेअनुसार रसुवागढीसम्मको भूमि उपभोग गर्न पाएको इतिहास छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु