जेठ १९, नुवाकोट । तिब्बती सेनासँग ऐतिहासिक युद्ध लडेको नुवाकोटको सूर्यगढीको संरक्षणका लागि गढीमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको छ । 

विसं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १९, नुवाकोट । तिब्बती सेनासँग ऐतिहासिक युद्ध लडेको नुवाकोटको सूर्यगढीको संरक्षणका लागि गढीमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको छ । 

विसं"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको सूर्यगढीमा राष्ट्रिय झन्डा झन्डोत्तोलन किन गरियो ?

२०७४, १९ जेष्ठ शुक्रबार ०७:३७


जेठ १९, नुवाकोट । तिब्बती सेनासँग ऐतिहासिक युद्ध लडेको नुवाकोटको सूर्यगढीको संरक्षणका लागि गढीमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको छ । 

विसं १८४५ देखि चार वर्षसम्म गोर्खाली (नेपाली सेना) ले युद्ध लडेर साहसिक सफलता पाएको सूर्यगढीको संरक्षण र प्रवद्र्धनका लागि बिहीबार दश फिट लामो राष्ट्रिय झन्डा झन्डोत्तोलन गरिएको हो ।

सूर्यगढी पर्यटन विकास समितिको आयोजनामा सूर्यगढी गाउँपालिका–३ मा अवस्थित सूर्यगढीमा झन्डोत्तोलन गर्दै नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले नेपालीको योगदान र प्राप्त सफलतालाई जीवन्त राख्न सूर्यगढी लगायतका युद्धस्थलको संरक्षण आवश्यक रहेको बताए । 

“नेपाली वीर गोर्खाली हौँ भन्ने बलियो प्रमाण नै हाम्रो अमूल्य सम्पत्ति हो”, स्थानीय विकास अधिकारी पण्डितले भने, “गढीको संरक्षणले सन्ततिमा आत्मविश्वासको वृद्धि र विदेशीसामु शिर उँचो बनाउने आधार मिल्नेछ ।”

कार्यक्रममा सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले गढी संरक्षणका लागि स्थानीय क्षेत्रबाट पदमार्गको निर्माण, पुराना संरचनाको संरक्षण गरी केन्द्रीयस्तरबाट सहयोग जुटाउन पहल गर्ने बताए। सूर्यगढी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिवबहादुर भण्डारीले इतिहाससमेत अस्पष्ट रहेकाले गढी संरक्षण गरी त्यस समयमा भएका क्रियाकलापलाई लिपिबद्ध गर्नु राज्यको दायित्व भएको बताए। 

विसं १८४५ देखि १८४९ सम्म तिब्बती सेनासँग गोर्खाली योद्धाले वीरतापूर्वक युद्धमा लडी नेपालीको जित भएकाले नेपालीको सीमा रसुवागढीसम्म कायम गराउन सफल भएको सन्देशलाई जीवन्त राख्न पहिलो चरणमा झन्डोत्तोलन गरेको सूर्यगढी पर्यटन विकास समितिका अध्यक्ष राजन लामिछानेले बताए । 

नुवाकोट र रसुवाको आधा भूमिको सहजरुपमा अवलोकन गर्न सकिने पहाडी चट्टानको बीचमा पर्ने सूर्यगढीमा तत्कालीन समयमा बहादुर शाह र दामोदर पाण्डेको नेतृत्वमा भएको युद्धले तिब्बती सेनालाई पराजित गर्न सफल भएसँगै वेत्रावती सन्धि भएको थियो । वेत्रावती सन्धिले नेपाली पक्षको जित र नेपालले दाबी गरेअनुसार रसुवागढीसम्मको भूमि उपभोग गर्न पाएको इतिहास छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु