जेठ १९, काठमाडौं । काठमाडौंको म्हैपीमा ३२ लाख रुपैयाँ लुटिएको छ ।
महाराजगंजको एनएमबी बैंकबाट ३२ लाख रुपैयाँ झिकेर फर्किन लाग्दा बाइकमा आएका दुई जनाले लुटेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बैंकबाट पैसा निकालेर जाँदै गरेका नरेन्द्र कुमार विश्कर्मा र रोशन बोगटीको ३२ लाख रुपैयाँ लुटिएको सोह्रखुट्टे प्रहरीका डिएसपी सोमेन्द्रसिंह राठौंरले जानकारी दिए ।
बा ८२ प ४५२५ नम्बरको मोटरसाइकलमा आएका २ जनाले रकम लुटेको प्रहरीले जनाएको छ ।