६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रसान्तले आफैँसँग असारमा विहे गर्न लागेकि युवतीको हत्या किन गरे ?

२४ जेष्ठ २०७४, बुधबार १०:५०

जेठ २४, काठमाडौँ । काठमाडौँमा प्रेमिकाको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले दोलखाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका २ का २४ वर्षीय प्रशान्त तामाङ रहेका छन् । उनीमाथि रामेछापकी २३ वर्षीया संचिता पाख्रिन तामाङको हत्याको आरोप छ ।

गत वैशाख ५ गते सञ्चिताको उनको कोठामा हत्या गरी उनी फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अभियुक्त प्रशान्त तामाङ र मृतक संचिता पाख्रिनबिच २ वर्ष पहिलादेखि चिनजान रहेको थियो । प्रशान्तको भतिजको श्रीमती गंगा तामाङ मार्फत दुवैबीच चिनजान भएको थियो । त्यसपछि दुई बीचमा प्रेम सम्बन्ध रही नियमित भेटघाट हुने र विभिन्न स्थानहरुमा घुम्न जाने समेत गरेको प्रहरीको भनाई छ ।

प्रेम सम्बन्धको केही महिनापछि प्रशान्तले संचितालाई कोठा खोजी आफुले नै भाडा तिरिदिने गरेका थिए । उनी संचिताको कोठामा बस्ने र बेलाबेलामा खर्च समेत दिने गरेका थिए ।

उनीहरुले यहि असार महिनामा विवाह गरी सँगै बस्ने सल्लाह समेत गरेका थिए । तर, संचिता गर्भवती भएपछि दुवैबीच विवाद बढेको थियो । सञ्चिताको पेटमा बच्चा प्रशान्त तामाङले राख्न चाहन्थे । तर, संचिताले भने उक्त बच्चा फाली दिएको कुरा गरेपछि दुवैबीच बिचमा सोही बच्चाको विषयमा विवाद भएको थियो  ।

 विवादकै क्रममा गत वैशाख ५ गते राती प्रशान्तले संचितालाई बेडमा लडाई घाँटी थिचेर हत्या गरी सोही बेडमा सिरकले छोपी भोलिपल्ट विहान ५ बजे कोठामा बाहिरबाट ताला लगाई फरार भएका थिए ।

घटनाको चार दिनपछि संचिता बसेको कोठाबाट गन्ध आएको र बाहिरबाट चाबी लगाएको अवस्थामा रहेकोमा कोठा खोलि हेर्दा सञ्चिताको शव भेटिएको थियो ।

अनुसन्धान पश्चात् प्रशान्त तामाङलाई दोलखा प्रहरीको सहयोगमा गत जेठ २३ गते अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको थियो । अहिले उनलाई थप कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति