४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

मासु व्यवसायीलाई अभिमुखीकरण सम्पन्न

२५ बैशाख २०७३, शनिबार १३:५८

भाष्कर के.सी. बैशाख २५, कञ्चनपुर ।  पशु सेवा विभाग जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरले शनिबार कञ्चनपुरका मासु व्यवसायीलाई पशु सेवा सम्बन्धि विधमान ऐन, नियम र मापदण्ड सम्बन्धि अभिमुखीकरण सम्पन्न गरेको छ ।

व्यवसायको रुपमा बढदै गएको मासु जन्य वस्तुको बिक्री वितरणमा नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप मासु बेच्नु पर्ने हुन्छ नेपाल देखि विदेशमा वार्षिक ७० करोडको मासु निर्यात हुदैं आएको छ । त्यसै गरी कञ्चनपुरमा १० क्विन्टल मासु प्रत्येक दिन विक्री वितरण हुदंै आएको छ ।
भीमदत्तनगरपालिकामा रहेका ४०– ४२ मासु पसल मध्ये आठ मासु पसलले मात्र मासु व्यवसायीले गर्नु पर्ने न्युनतम मापदण्ड पुरा गरेको जिल्ला पशु सेवा कार्यालयका कार्यालय प्रमुख तथा वरिष्ठ डा. मदन सिह धामीले बताउनु भयो न्युनतम मापदण्ड पुरा गर्ने मासु व्यबसायीमा श्रेष्ठ फ्रेस हाउस, चन्द फ्रेस हाउस, दोधरा चाँदनी फ्रेस हाउस, गुणस्तरीय मासु पसल, बृद्धिको मासु पसल, रोयल मीट, किसान फ्रेस हाउस र अपि फ्रेस हाउस रहेका छन् ।

मासु खरीद गर्न जाने कोही पनि जनचेतनाको कमीका कारण जहाँ पायो त्यही बाट मासु खरीद गर्ने, फ्रिजमा राखेको मासु खान नखोज्ने, मापदण्ड अनुरुप रहेका मासु पसलमा जान न खोज्नाले मासु व्यवसायी आफु खुशी खुला रोडमा राखेर बेच्ने गरेकोे कुरा तरकारी व्यबसायी तथा निर्वतमान अध्यक्ष तर्कराज भट्टले बताउनु भयो ।

मासु पसलले जथाभावीे फोहोर, झिङ्गा भन्केको र बासी सडे गलेको बेच्ने हुनाले यस्ता मासु पसल बाट खरीद नगरी न्युनतम मापदण्ड पुरा गरेका मासु व्यवसायी बाट मासु किन्नु पर्ने र सडेगलेको झिङ्गा लागेको बिरामी पशुको मासु खाँदाशरीरमा सिधै रोगका जिवाणु पस्ने र विभिन्न किसिमका रोग लाग्ने हुनाले खरीद गर्दा स्वच्छ मासु खरीद गर्नु पर्ने कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्य शिद्धराज भट्टले बताउनु भयो ।

सम्भव भए सम्म मासु पसल शिशाले बन्द गरेर राख्नु पर्ने, नभए मासु राखेको टेबुल शिशा तथा स्टीलको जालीले छोपेर राख्नु पनर्,े मासु काट्दा राख्दा स्टिलको भाडाँमा राख्नु पर्ने जानकारीका साथै न्युनतम मापदण्ड पुरा नगर्ने व्यबसायीलाई कुनै पनि सुविधा उपलब्ध नगर्ने र त्यस्ता व्यवसायीलाई कानुनी कारवाही हुने जिल्ला पशु सेवा का सुचना अधिकारी शंकर दत्त जोशीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’