जेठ २५, काठमाडौँ । काठमाडौँको बसुन्धरास्थित ग्रीन सिटि हस्पिटल नजिकै यात्रुवाहक बसले ठक्कर दिंदा एक बृद्ध घाइते भएका छन् ।
जेब्राक्रसिङबाट सडक पार"/>

जेब्राक्रसिङबाट सडक पार गर्ने क्रममा बिहिबार दिउसो दोलखा फेदी वडा न. ६ का ७५ बर्षीय गुन बहादुर बुढाथोकीलाई बा २ ख २५७० नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् ।
उनको टाउकोमा गम्भीर चोट लागेको र अहिले ग्रीन सिटि हस्पिटलमा उपचार भैरहेको पत्रकार गोपीकृष्ण चापागाईंले जनाकारी दिएका छन् । बसका चालक फरार रहेकाले उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।
तीन दिनअघि मात्र जेब्राक्रसिङ नजिकैबाट सडक पार गर्ने क्रममा बसुन्धरामै सुनसरीकी २३ वर्षीया रजिना चौधरीलाई ना४ ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मुत्यु भएको थियो ।