६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सीप सिकेर व्यवसाय थाल्दै मुक्तकमैया

२५ जेष्ठ २०७४, बिहीबार १२:०१

जेठ २५, धनगढी । पक्की घरमा बस्न पाइएला भनेर मुक्तकमैया सुन्दरी चौधरीले कहिल्यै सोच्नुभएको थिएन । तर कमैया मुक्तिपछि उहाँको परिवार अहिले पक्की घर बनाउने हैसियतमा पुगेको छ । 

सुन्दरीका श्रीमान् नरेश डकर्मी काम गर्नुहुन्छ । सुन्दरीले आफ्ना श्रीमान्को कामलाई सघाउँदै आउनुभएको छ । आफैँसँग घर निर्माणको सीप भएकाले कम लागतमा घर निर्माण गर्न सक्नेमा उहाँ आशावादी हुनुहुन्छ । 

“डकर्मीको काम भ्याइनभ्याई छ,” चौधरीले भन्नुभयो । आर्थिक अवस्था कमजोर भएकै कारण विगतमा छोराछोरीलाई विद्यालय पठाउन नसकेपनि अहिले उहाँले चार छोराछोरीलाई विद्यालय भर्ना गर्नुभएको छ । 

कैलालीको चौमालाका एक जना साहुमहाजनको घरमा कमैयाको रुपमा काम गरेका सुन्दरीको परिवार मुक्तिपछि धनगढीको पुरानो हवाई मैदानमा अन्य मुक्तकमैया परिवारसँगै कच्ची घरमा बस्दै आएको छ । पुरानो हवाई मैदानमा बसेका मुक्तकमैया परिवारलाई प्रतिपरिवार पाँच धुर जग्गा उपलब्ध गराउन पहल थालेको छ । जग्गाको पुर्जा नपाउँदै कतिपय मुक्तकमैया परिवारले पक्की घर निर्माण थालेका छन् । यहाँ करिब ५० मुक्तकमैया परिवारको बसोबास छ । 

आर्थिक अवस्था कमजोर रहेका मुक्तकमैयाले पछिल्लो पटक स्वरोजगारमूलक व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । त्यही कमाइबाट उनीहरुको जीवनमा ठूलो परिवर्तन आएको छ । 

मुक्तकमैया गोपाल चौधरी विद्युतीय रिक्सा चलाउनुहुन्छ । उहाँले रु चार लाखमा रिक्सा खरिद गर्नुभएको हो । “मासिक किस्ता तिर्न र घर खर्चको जोहो गर्न पुगेको छ,” उहाँले भन्नुभयो । चौधरीले पक्की घर निर्माणको कार्य अगाडी बढाउनुभएको छ । 

जिल्ला भूमिसुधार कार्यालयका प्रमुख लक्ष्मण कठायतले हालसम्म झन्डै चार हजार मुक्तकमैयालाई विभिन्न सीपमूलक र आयमूलक तालिम प्रदान गरिएको बताउनुभयो । करिब ७० प्रतिशतले आफ्नो सीपको सदुपयोग गरेको उहाँको भनाइ छ । मुक्तकमैयाले सिकर्मी, डकर्मी, सिलाइकटाइ, बङ्गुरपालन, कुखुरापालन, तरकारीखेतीलगायत विषयमा तालिम लिएका छन् । 

मुक्तकमैया पुनःस्थापना जिल्ला समितिका सदस्य सचिवसमेत रहनुभएका कठायतले पुनःस्थापित भएका मुक्तकमैयालाई घर बनाउन चाहिने काठबापत प्रतिपरिवार रु एक लाख उपलब्ध गराएको बताउनुभयो । जिल्लामा पहिचान भएका आठ हजार ९०० मुक्तकमैया परिवारमध्ये अधिकांशलाई पुनःस्थापित गरिएको छ । झन्डै ६०० परिवारलाई पुनःस्थापित गराउन बाँकी छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै