जेठ २६, काठमाडौँ । पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण आज देशको अधिकांश भागमा बद्लीसँगै केही स्थानमा वर्षा भएको छ । 

उक्त वायुको प्रभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २६, काठमाडौँ । पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण आज देशको अधिकांश भागमा बद्लीसँगै केही स्थानमा वर्षा भएको छ । 

उक्त वायुको प्रभ"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वी र पश्चिमी वायुको प्रभावले बद्लीसँगै वर्षा

२६ जेष्ठ २०७४, शुक्रबार १३:४७


जेठ २६, काठमाडौँ । पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण आज देशको अधिकांश भागमा बद्लीसँगै केही स्थानमा वर्षा भएको छ । 

उक्त वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका पूर्वी र पश्चिमी भेगमा बद्लीसँगै वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दुवै वायुको प्रभावसँगै मनसुनी गतिविधि पनि सक्रिय हुन थालेकाले वर्षात् र बद्ली भएको र यो केही दिन जारी रहने मौसमविद् सुजन सुवेदीले राससलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार आज देशका पहाडी भेगमा बद्ली र अन्य स्थानमा आंशिक बद्ली रहेको छ, भने केही स्थानमा वर्षात् भएको छ । शनिबार पहाडका केही भेग र तराईका धेरै स्थानमा वर्षात् हुनेछ । 

काठमाडौँमा अपराह्न भारी वर्षात् भएको छ, जसका कारण उपत्यकाका कतिपय स्थानमा केहीबेर सडक अवरुद्धसमेत भएको थियो । मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार काठमाडौँमा ११ मिलिमिटर वर्षात् भएको छ । 

त्यस्तै धरानमा १७ र डडेलधुरामा नौ मिलिमिटर वर्षात् भएको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ र अधिकतम ३० डिग्रीसेल्सियस रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या