जेठ २६, काठमाडौँ । पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण आज देशको अधिकांश भागमा बद्लीसँगै केही स्थानमा वर्षा भएको छ । 

उक्त वायुको प्रभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २६, काठमाडौँ । पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण आज देशको अधिकांश भागमा बद्लीसँगै केही स्थानमा वर्षा भएको छ । 

उक्त वायुको प्रभ"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वी र पश्चिमी वायुको प्रभावले बद्लीसँगै वर्षा

२०७४, २६ जेष्ठ शुक्रबार १३:४७


जेठ २६, काठमाडौँ । पूर्वी वायु र पश्चिमी वायुको प्रभावका कारण आज देशको अधिकांश भागमा बद्लीसँगै केही स्थानमा वर्षा भएको छ । 

उक्त वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका पूर्वी र पश्चिमी भेगमा बद्लीसँगै वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दुवै वायुको प्रभावसँगै मनसुनी गतिविधि पनि सक्रिय हुन थालेकाले वर्षात् र बद्ली भएको र यो केही दिन जारी रहने मौसमविद् सुजन सुवेदीले राससलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार आज देशका पहाडी भेगमा बद्ली र अन्य स्थानमा आंशिक बद्ली रहेको छ, भने केही स्थानमा वर्षात् भएको छ । शनिबार पहाडका केही भेग र तराईका धेरै स्थानमा वर्षात् हुनेछ । 

काठमाडौँमा अपराह्न भारी वर्षात् भएको छ, जसका कारण उपत्यकाका कतिपय स्थानमा केहीबेर सडक अवरुद्धसमेत भएको थियो । मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार काठमाडौँमा ११ मिलिमिटर वर्षात् भएको छ । 

त्यस्तै धरानमा १७ र डडेलधुरामा नौ मिलिमिटर वर्षात् भएको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ र अधिकतम ३० डिग्रीसेल्सियस रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु