जेठ २७, काठमाडौँ । सरकारले कर्णाली क्षेत्रको विकास तथा पूर्वाधार निर्माणमा लगानी वृद्धि गर्नुपर्ने माग गर्दै कर्णालीवासीले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २७, काठमाडौँ । सरकारले कर्णाली क्षेत्रको विकास तथा पूर्वाधार निर्माणमा लगानी वृद्धि गर्नुपर्ने माग गर्दै कर्णालीवासीले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आ"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीको विकासका लागि लगानी वृद्धि गर्न माग

२७ जेष्ठ २०७४, शनिबार १०:०१

जेठ २७, काठमाडौँ । सरकारले कर्णाली क्षेत्रको विकास तथा पूर्वाधार निर्माणमा लगानी वृद्धि गर्नुपर्ने माग गर्दै कर्णालीवासीले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आज पदयात्रा गरेका छन् । 

अध्ययन तथा जागिरका सिलसिलामा काठमाडौँ उपत्यकामा बसोवास गर्दै आएका कर्णालीवासी तथा कर्णालीको विकासका लागि क्रियाशील विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले बजेट विनियोजन गर्दा त्यस क्षेत्रको विकास तथा निर्माणमा प्राथमिकता दिन आग्रह गरेका छन् । 

बानेश्वरमा पुगेपछि गरिएको कोणसभामा सहभागीले त्यस क्षेत्रमा प्रशस्त स्रोत तथा साधन रहेको भए पनि सरकारले प्राथमिकतामा नराखेकाले स्थानीयवासीले दुःख पाएकामा चिन्ता व्यक्त गरेका छन् । 

कर्णाली जनअधिकार मञ्चका अध्यक्ष प्रकाश रोक्काले डोल्पा र हुम्लामा सडक पु¥याउन सकेमा त्यहाँका उत्पादनले बजार पाउने तथा स्थानीयवासीको आयस्तरमा वृद्धि हुने बताउनुभयो । 

उहाँले मुलुकमा मेट्रो रेलको विकास गर्ने अवधारणा आइरहेका बेलामा कर्णालीका कतिपय स्थानमा पूर्वाधार विकासको मुख्य आधार सडक विस्तार गर्न नसकिएकाले सरकार संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । 

पत्रकार प्रेम कैदीले मुलुकमा भएका राजनीतिक परिवर्तनको अनुभूति त्यहाँका जनतालाई गराउन उनीहरुलाई आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्ने खाँचो औँल्याउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या