यही असार १७ गते हुन लाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यही असार १७ गते हुन लाग"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङको उम्मेद्वारी (यस्ता छन् चुनावी एजेण्डाहरु)

२०७४, ३० जेष्ठ मंगलवार १२:४६

जेठ ३०, काठमाडौं | नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । 


यही असार १७ गते हुन लागेको बैदेशिक रोजगार ब्यबसायी संघको २५ औं साधारणसभामा गुरुङले उम्मेद्वारी घोषणा गरेका हुन् । गुरुङले बिभिन्न ६ समुहको संयुक्त व्यावसायिक समुहबाट उम्मेद्वारी घोषणा गरेका हुन् । 

गुरुङको पक्षमा कति ब्यबसायी छन् ? 

गुरुङलाई समर्थन गर्ने संयुक्त व्यवसायिक समुहमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, नेपाल वैदेशिक रोजगार तमुधी समाज, वैदेशिक रोजगार तामाङ व्यवसायी समाज, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाज र वैदेशिक रोजगार मगर समाज रहेका छन् ।


करिव ८१५ जना ब्यवसायीहरुको छाता संगठनको रुपमा रहेको बैदेशिक रोजगार ब्यबसायी संघको आगामी निर्वाचनमा गुरुङको पक्षमा दावेदारी बलियो देखिएको छ । उनको पक्षमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चबाट ३५४ जना, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चबाट ७० जना, नेपाल वैदेशिक रोजगार तमुधी समाजबाट ४७ जना, वैदेशिक रोजगार तामाङ व्यवसायी समाजबाट ७९ जना, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाजबाट २२ जना र वैदेशिक रोजगार मगर समाजबाट ३४ जना रहेका छन् । 


यस्ता छन् गुरुङको मुख्य चुनावी एजेन्डाहरु:-  

१. नीतिगत समस्या र समाधानको एजेन्डाहरु

- बैदेशिक रोजगार एन २०६४ संसोधन गर्न सरकारलाई  गर्ने ।

- फ्री-भिषा, फ्री टिकटको सट्टा प्रति कामदार १ महिनाको तलबलाई सेवाशुल्क बापत लिन पाउने बनाइने ।

- घरेलु कामदार निर्देशिका २०७२ संसोधन गराउने । 

- गन्तब्य मुलुकसँग श्रम-सम्झौता गराउन सरकारलाई दवाव दिने ।

- गन्तब्य मुलुकमा श्रम सहचारी नियुक्त गर्न सरकारलाई दवाव दिने ।


२. आन्तरिक समस्या र समाधानको एजेण्डाहरु: 

- ब्यबसायीहरु बीच रहेको अस्वस्थ प्रतिष्पर्धा ब्यबस्थापन गर्ने । 

- अबैधानिक बिचौलीया तथा एजेन्टहरुको बिस्थापित गर्नको लागि अनलाइन पोर्टल सफ्टवेयर बिकास गर्ने । 

- ब्यबसायीहरुले लिने सेवा/शुल्कबाट प्रति कामदार ३०० रुपयाँ रकम ब्यबसायी भलाई कोषमा जम्मा गर्ने  । कोषकै रकमबाट नयाँ गन्तब्य मुलुकको खोजी गरिने र कोषमा भएको पैसाबाट बैदेशिक रोजगार ब्यबसायी संघको आफ्नै भवन निर्माण गर्ने ।

- ब्यबसायी भलाई कोषबाट म्यानपावर ब्यवसायीको आकष्मिक निधन भएमा निजको परिवारलाई १५ लाख सहयोग गर्ने ।

- सोहि कोषबाट विदेशमा कम्पनी टाट पल्टिएको कारण अलपत्र कामदारलाई उद्दार गर्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन