यही असार १७ गते हुन लाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यही असार १७ गते हुन लाग"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङको उम्मेद्वारी (यस्ता छन् चुनावी एजेण्डाहरु)

३० जेष्ठ २०७४, मंगलवार १२:४६

जेठ ३०, काठमाडौं | नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । 


यही असार १७ गते हुन लागेको बैदेशिक रोजगार ब्यबसायी संघको २५ औं साधारणसभामा गुरुङले उम्मेद्वारी घोषणा गरेका हुन् । गुरुङले बिभिन्न ६ समुहको संयुक्त व्यावसायिक समुहबाट उम्मेद्वारी घोषणा गरेका हुन् । 

गुरुङको पक्षमा कति ब्यबसायी छन् ? 

गुरुङलाई समर्थन गर्ने संयुक्त व्यवसायिक समुहमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, नेपाल वैदेशिक रोजगार तमुधी समाज, वैदेशिक रोजगार तामाङ व्यवसायी समाज, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाज र वैदेशिक रोजगार मगर समाज रहेका छन् ।


करिव ८१५ जना ब्यवसायीहरुको छाता संगठनको रुपमा रहेको बैदेशिक रोजगार ब्यबसायी संघको आगामी निर्वाचनमा गुरुङको पक्षमा दावेदारी बलियो देखिएको छ । उनको पक्षमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चबाट ३५४ जना, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चबाट ७० जना, नेपाल वैदेशिक रोजगार तमुधी समाजबाट ४७ जना, वैदेशिक रोजगार तामाङ व्यवसायी समाजबाट ७९ जना, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाजबाट २२ जना र वैदेशिक रोजगार मगर समाजबाट ३४ जना रहेका छन् । 


यस्ता छन् गुरुङको मुख्य चुनावी एजेन्डाहरु:-  

१. नीतिगत समस्या र समाधानको एजेन्डाहरु

- बैदेशिक रोजगार एन २०६४ संसोधन गर्न सरकारलाई  गर्ने ।

- फ्री-भिषा, फ्री टिकटको सट्टा प्रति कामदार १ महिनाको तलबलाई सेवाशुल्क बापत लिन पाउने बनाइने ।

- घरेलु कामदार निर्देशिका २०७२ संसोधन गराउने । 

- गन्तब्य मुलुकसँग श्रम-सम्झौता गराउन सरकारलाई दवाव दिने ।

- गन्तब्य मुलुकमा श्रम सहचारी नियुक्त गर्न सरकारलाई दवाव दिने ।


२. आन्तरिक समस्या र समाधानको एजेण्डाहरु: 

- ब्यबसायीहरु बीच रहेको अस्वस्थ प्रतिष्पर्धा ब्यबस्थापन गर्ने । 

- अबैधानिक बिचौलीया तथा एजेन्टहरुको बिस्थापित गर्नको लागि अनलाइन पोर्टल सफ्टवेयर बिकास गर्ने । 

- ब्यबसायीहरुले लिने सेवा/शुल्कबाट प्रति कामदार ३०० रुपयाँ रकम ब्यबसायी भलाई कोषमा जम्मा गर्ने  । कोषकै रकमबाट नयाँ गन्तब्य मुलुकको खोजी गरिने र कोषमा भएको पैसाबाट बैदेशिक रोजगार ब्यबसायी संघको आफ्नै भवन निर्माण गर्ने ।

- ब्यबसायी भलाई कोषबाट म्यानपावर ब्यवसायीको आकष्मिक निधन भएमा निजको परिवारलाई १५ लाख सहयोग गर्ने ।

- सोहि कोषबाट विदेशमा कम्पनी टाट पल्टिएको कारण अलपत्र कामदारलाई उद्दार गर्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या