६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१७ वर्षीया आफ्नै छोरीलाई पटक-पटक बलात्कार गर्ने बाबु प्रहरी फन्दामा

३१ जेष्ठ २०७४, बुधबार ०८:४४

जेठ ३१, पाँचथर । पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ । 

पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिनुभयो । 

पीडितले गत जेठ २२ गते बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएकी थिइन् । बाबुले छोरीलाई विगतदेखि नै पटक–पटक बलात्कार गर्दै आएको पीडितले बताएको प्रहरीले जनाएको छ । 

पीडितकी आमाले पाँच वर्षअघि दोस्रो विवाह गरेपछि घरमा बाबु छोरी मात्रै बस्दै आएका थिए । बाबुले पटक-पटक बलात्कार गर्दै आएको भएपनि पीडित बालिकाले बाबुको डर तथा लाजले आफन्त, छिमेकी तथा प्रहरीलाई खबर गरेकी थिइनन् । तर, पछिल्लो पटक मादकपदार्थ सेवन गरी आएका बाबुले बलात्कार गर्नुका साथै धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । 

टाउकोमा चोट लागेकी पीडित बालिकाले पीडा सहन नसकेर आफन्त तथा छिमेकीको सहयोगमा उजुरी गरेको प्रहरीले बताएको छ । पीडित बालिकाको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाबुलाई हाडनाता करणीसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या