२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

२ असार २०७४, शुक्रबार ०७:४०

असार २, लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपलिका– १२ मा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा आज विहान एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । 

सडकमा बिग्रिएर रोकिराखेको स १ त १९५९ नम्बरको ट््याक्टरमा गए राति ११ बजे बा ३६ प ४८९५ नं को मोटरसाइकल पछाडिबाट ठोक्किँदा गम्भीर घाइते भएका सोहि ठाउँका मोटरसाइकल चालक २२ वर्षीय सञ्जित साहको उपचारको क्रममा लहानस्थित फ्रेन्डस मोडल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार भएका २० वर्षीय देवकुमार ठाकुर र १९ वर्षीय बालकृष्ण चौधरी गम्भीर घाइते भएको र ती दुबै जनालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 

प्रहरी चढेको बसमा तोडफोड 

त्यसैगरी घोषित स्थानीय तह निर्वाचनको विरोधमा आन्दोलनरत राजपा नेपालका कार्यकर्ताले आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा नेपाल प्रहरी चढेको एउटा बसमा तोडफोड गरेका छन् । 

काठमाडौँबाट सुनसरीका लागि हिँडेका ना ५ ख १४४० नम्बरको बसमा राजपाका कार्यकर्ताले तोडफोड गरेका हुन् । बसमा ‘नेपाल प्रहरी’को ब्यानरसमेत झुन्ड्याइएको थियो । 

बजार बन्द गराउँदै हिडेका राजपाका कार्यकर्ताले ढुङ्गामुडा गरी बसको अगाडिको सिसा फुटाएका छन् । बस तोडफोडको आरोपमा प्रहरीले राजपा नेपालका ललन झालाई पक्राउ गरेकोे प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान