असार २, चितवन । दुर्लभ वन्यजन्तुको वासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा वृद्धि भएको छ । 

राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार २, चितवन । दुर्लभ वन्यजन्तुको वासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा वृद्धि भएको छ । 

राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षे"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल बढ्यो

२ असार २०७४, शुक्रबार ०९:२७

असार २, चितवन । दुर्लभ वन्यजन्तुको वासस्थान रहेको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफलमा वृद्धि भएको छ । 

राजपत्रमा प्रकाशित सूचनाअनुसार निकुञ्जको क्षेत्रफल २०दशमलव ६३ वर्गकिलोमिटर बढेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताउनुभयो ।

यसअघि उक्त निकुञ्जको क्षेत्रफल ९३२ वर्गकिमी रहेकामा ३८ वर्षपछि क्षेत्रफल थपिएर अहिले ९५२दशमलव६३ वर्गकिमी भएको सूचना अधिकारी अर्यालको भनाइ छ । निकुञ्ज स्थापनापछि क्षेत्रफल वृद्धि भएको यो दोस्रो पटक हो । 

राजपत्रमा प्रकाशित सूचनाअनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ दफा ३ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी सीमा हेरफेर गरिएको जनाइएको छ । 

विसं २०६० तिर निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने पदमपुर गाउँलाई स्थानान्तरण गरिएको थियो । सरकारले स्थानान्तरण गरेको पुरानो पदमपुर क्षेत्रलाई जोडेर निकुञ्जको सीमा बढाइएको अर्यालले जानकारी दिनुभयो । 

निकुञ्ज स्थापना हुँदा २०३० सालमा ५४४ वर्गकिमी क्षेत्र थियो त्यसको पाँच वर्ष पछाडि २०३५ सालमा क्षेत्रफल वृद्धि गरी ९३२ वर्गकिमी बनाइएकामा ३८ वर्षपछि क्षेत्रफल पुनः बढेको निकुञ्जले जनाएको छ । 

चितवन निकुञ्ज विश्व संरक्षण सूचीमा छ । नेपालको पहिलो संरक्षित क्षेत्र चितवन निकुञ्ज विश्वमै दुर्लभ वन्यजन्तुको मुख्य वासस्थान क्षेत्र भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । भौगोलिक बनावट पनि विश्वकै लागि फरकखालको रहेको उहाँको भनाइ छ । 

क्षेत्रफल बढेसँगै वन्यजन्तुको संरक्षणमा थप टेवा पुग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहा शाखाका संरक्षण अधिकृत सन्तोष भट्टराई बताउनुहुन्छ । 

चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लामा पर्ने निकुञ्जमा पछिल्लो गणनाअनुसार गैँडा ६०५, बाघ १२०, गौरीगाई ३६८ छ । अहिले सङ्ख्या वृद्धि भइरहेको छ । अन्य सयौँ वन्यजन्तु चरा र विभिन्न प्रजाति निकुञ्जमा छन् । यसको मध्यवर्ती क्षेत्र भने ७२९ वर्गकिमी छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या