२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

महिलाहरुको नेतृत्व विकास र सहभागीता अभिबद्धि सम्बन्धि एक दिने बार्षिक कार्यशाला गोष्ठि सम्पन्न

२०७२, २३ पुष बिहीबार ११:४१

डिवि विष्ट/ पुस २३, बझाङ । आज दलित सहयोग समाजको आयोजनामा महिलाहरुको नेतृत्व विकास र सहभागीता अभिबृद्धि सम्बन्धि एक दिने बार्षिैक कार्यशाला गोष्ठि सम्पन्न भएको छ । सदरमुकाम चैनपुरमा संचालन भएको उक्त गोष्ठिमा महिलाको नेतृत्व विकास र सहभागीता अभिबृद्धि गर्नका लागि आवश्यक रणनीतिहरुको वारेमा गोष्ठिमा छलफल गरेको कार्यक्रमका संचालक भक्त दमाई ले जानकारी दिनुभयो ।

दलित सहयोग समाजका अध्यक्ष सुनिल दमाईको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अथिती सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले कार्यक्रममा बोल्दै दलित सहयोग समाजद्धारा संचालित स्विपसान परियोजना लागु भएका गाविसहरुमा महिलाहरुको अर्थपुर्ण सहभागीता भएको र यसको अनुगमन जिल्ला प्रशासनले पनि गर्नेु का साथै यसलाई संस्थागत गर्न प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

यु.एन.वुमनको आर्थिक सहयोगमा संचालन भएको उक्त कार्यक्रममा द्धन्द पिडित महिलाहरुको सहभागीता र पुनर्मिलनको तथ्याङ्ख प्रस्तुतीकरण दलित सहयोग समाजका संयोजक श्याम कुमार नेपालीले गर्नु भएको थियो । कार्यक्रमबाट महिला नेतृत्व विकासका सम्बन्धमा हाल सम्म जिल्लामा भएका प्रयास, महिला नेतृत्वको वर्तमान अवस्था र महिला नेतृत्व विकासका लागि आगामीयोजना सम्बन्धमा समुहकार्य गरि कार्यक्रममा प्रस्तुतिकरण गरिएको थियो ।

समुहमा महत्वपुर्ण सुझावहरु र आगामि दिनमा अगाडि कसरी जाने भन्ने बिषयमा समेत संकलन गरिएको छ । कार्यक्रममा बोल्दै यु.एन.वुमनका कार्यक्रम अधिकृत कृष्णरमण अधिकारीले कार्यक्रमलाई दिगो बनाउनका लागि जिल्लामा यसको मुल्याङ्खन गरिने कुरा स्पष्ट पार्नु भयो कार्यक्रममा जिल्ला स्तरिय सरकारी कार्यलयका प्रमुख एवम प्रतिनिधि,अन्तरपार्टी महिला सञ्जालका सदस्यहरु, गैसस , द्धन्द पिडित महिला , पत्रकारहरु लगायत अन्य महिलाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन