२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

महिलाहरुको नेतृत्व विकास र सहभागीता अभिबद्धि सम्बन्धि एक दिने बार्षिक कार्यशाला गोष्ठि सम्पन्न

२३ पुष २०७२, बिहीबार ११:४१

डिवि विष्ट/ पुस २३, बझाङ । आज दलित सहयोग समाजको आयोजनामा महिलाहरुको नेतृत्व विकास र सहभागीता अभिबृद्धि सम्बन्धि एक दिने बार्षिैक कार्यशाला गोष्ठि सम्पन्न भएको छ । सदरमुकाम चैनपुरमा संचालन भएको उक्त गोष्ठिमा महिलाको नेतृत्व विकास र सहभागीता अभिबृद्धि गर्नका लागि आवश्यक रणनीतिहरुको वारेमा गोष्ठिमा छलफल गरेको कार्यक्रमका संचालक भक्त दमाई ले जानकारी दिनुभयो ।

दलित सहयोग समाजका अध्यक्ष सुनिल दमाईको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अथिती सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले कार्यक्रममा बोल्दै दलित सहयोग समाजद्धारा संचालित स्विपसान परियोजना लागु भएका गाविसहरुमा महिलाहरुको अर्थपुर्ण सहभागीता भएको र यसको अनुगमन जिल्ला प्रशासनले पनि गर्नेु का साथै यसलाई संस्थागत गर्न प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

यु.एन.वुमनको आर्थिक सहयोगमा संचालन भएको उक्त कार्यक्रममा द्धन्द पिडित महिलाहरुको सहभागीता र पुनर्मिलनको तथ्याङ्ख प्रस्तुतीकरण दलित सहयोग समाजका संयोजक श्याम कुमार नेपालीले गर्नु भएको थियो । कार्यक्रमबाट महिला नेतृत्व विकासका सम्बन्धमा हाल सम्म जिल्लामा भएका प्रयास, महिला नेतृत्वको वर्तमान अवस्था र महिला नेतृत्व विकासका लागि आगामीयोजना सम्बन्धमा समुहकार्य गरि कार्यक्रममा प्रस्तुतिकरण गरिएको थियो ।

समुहमा महत्वपुर्ण सुझावहरु र आगामि दिनमा अगाडि कसरी जाने भन्ने बिषयमा समेत संकलन गरिएको छ । कार्यक्रममा बोल्दै यु.एन.वुमनका कार्यक्रम अधिकृत कृष्णरमण अधिकारीले कार्यक्रमलाई दिगो बनाउनका लागि जिल्लामा यसको मुल्याङ्खन गरिने कुरा स्पष्ट पार्नु भयो कार्यक्रममा जिल्ला स्तरिय सरकारी कार्यलयका प्रमुख एवम प्रतिनिधि,अन्तरपार्टी महिला सञ्जालका सदस्यहरु, गैसस , द्धन्द पिडित महिला , पत्रकारहरु लगायत अन्य महिलाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव