१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्लाका ५३ वटा सहकारी खारेजीको लिष्टमा

२९ पुष २०७२, बुधबार ०७:४०

डिवि विष्ट, पुस २९, बझाङ / बझाङ जिल्लाका ५३ वटा सहकारी संस्थाहरु खारेजिको लिष्टमा परेका छन् । डिभिजन सहकारी कार्यलय डोटीको क्षेत्राधिकार अन्र्तगत बझाङ जिल्लाका देउरा मालुमेला, खापर, सुर्मा देवि भातेखोला, साना कीसान, माइृतिबन, धमेना, खप्तड, सर्मा हीमाल, त्रिबेणी, प्रगतीशील महीला जागृति, भवानी बचत, कालीका बचत, मालीका बचत, खप्तड परिदृस्य थलारा, नवजनचेतना, चिरञ्जिबी बचत,लाली गुराँस सहकारी संस्थाहरुको सहकारी ऐन २०४८ को दफा ५३(२) बमोजिम ब्यावसायिकक कारोबार सन्तोसजनक न भएको कारणले खारेजिको लीष्टमा परेको डिभिजन सहकारी कार्यलय डोटीले जनाएको छ ।

डिभिजन सहकारी कार्यलय डोटीको २०७२। ०९। १९ गतेको प्रकाशीत सुचना अनुसार सो कुराको जानकारी गराईएको हो । त्यस्तै बझाङ जिल्लाका ग्रामीढा बचत एकीकृत बचत, खापेश्वर ग्रामीण विद्युत, दलीत उथ्थान बचत, भैरव, निश्वार्थ उपकार, नवरत्न, सेती साईपाल, थली नौविस, जनकल्याण उपभोत्ता, नवयुग, खप्तड उपभोत्ता, पिपलकोट उपभोत्ता, जयपृथ्वी उपभोत्ता, खप्तड हिमाल, कफलसेरी उपभोत्ता, खोल्लेख उपभोत्ता, भामचौर लामातोला उपभोत्ता , पातल सामुदायिक कृर्षी, सर्मा उपभोत्ता, सुपथ उपभोत्ता, कोटभैरव उपभोत्ता,उज्यालो कृर्षी पनी खारेजिको लीष्टमा परेका छन् ।

त्यस्तै जनकल्याणकारी उपभोत्ता, गडराय बहुउदेश्य, महुभेरी बहुउदेश्य, रतन उनन्त स्मृती बहुउदेश्य, सुर्यमुखी, मीलीजुली महीला, सेती केदार महीला उपभोत्ता, समाजोन्मुख बचत तथा ऋण सहकारी, उरै सुर्मा बचत, र मालीका महीला बचत तथा ऋण सहकारी गरी बझाग जिल्लाका जम्मा ५३ वटा सहकारीहरु खारेजिको लिष्टमा परेका छन् । ५३ वटा सहकारीहरुले डिभिजन सहकारी कार्यलयमा नियमीत मासिक बार्षीक रुपमा बुझाउनु पर्ने माशिक प्रगती विवरण र बार्षीक प्रगती विवरण विगत २ बर्ष देखी कारोबार नगरी निश्कृय अवस्था रहेको समेत सहकारी डिभिजन कार्यलयले जनाएको हो ।

साथै सहकारीहरुले बार्षीक साधारण सभा नगरेको, संस्थाको बार्षीक लेखा परिक्षण नगराएको, सहकारी विभाग र डिभिजन सहकारी कार्यलयले समय समयमा पठाएको निर्देशन र परिपत्र पालन नगरी बेवास्ता गरेको कारणले खारीज हुन लागेका हुन् । अब यि सहकारी संस्थाहरुले मीती २०७२।०९।१९ गते देखी १५ दिन भीत्र सप्रमाण र सुधारको कार्ययोृजना साधारण सभा स्विकृत गराई सम्पर्कको लागी समेत अनुरोध गरीएको छ । यसो गरेमा खारेज नहुने जनाईएको छ फरी पनी सुचनाको बेवास्ता गरेको खन्डमा सहकारी संस्थाहरु खारेजि हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव