२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बन्द भएको डेढ बर्ष बितिसक्दा पनि संञ्चालनमा आएन अस्पताल

२०७२, २ माघ शनिबार ०७:२८

hospital

सम्राट सिंह । माघ- २, बझाङ । जिल्लाको मटेला गाविसमा स्थापना भएको डोब्रा सामुदायिक अस्पताल बन्द भएको डेढ बर्ष बितिसक्दा समेत संञ्चालनमा आएको छैन ।

विदेशी दाताको सहयोगमा स्थापना भएको अस्पताल कर्मचारी अभावमा बन्द भएको हो । अस्पताल बन्द भए पछि छविस क्षेत्रका ८ गाविसका बासिन्दालाई सामान्य स्वास्थ्य उपचारको लागी पनि हजारौ खर्च गरेर सदरमुकाम धाउनु पर्ने बाध्यता छ ।

डोब्रा अस्पताल २०६६ सालमा जापानी राजदुतावासको ६१ लाख ५० हजार, विकास समितिको ३ लाख, ब्याँसी गाँउ विकास समितिको ७० हजार मटेला गाँउ र स्थानियको ५० लाख भन्दा बढी जनश्रमदान बाट निर्माण भएको थियो ।

लाखौ रकम खर्च गरेर निर्माण गरेको अस्पताल संञ्चालन नहुँदा भवनको संरचना तथा उपकरणहरु एक्सरे मेसिन, जेनेरेटर, बेड, टेबुल, कुर्षि र उपचारका औजारहरु खिया लाग्ने अवस्थामा छन भने बचेको औषधी पनि सडेको छ ।

अस्पताल संचालनमा आए पछि राष्ट्रिय योजना आयोगले हेल्थ असिस्टेन्ट ३ जना अनमि १ जना र २ जना अहेब पदका कर्मचारी खटाए पनि उनिहरुको अवधी सकिए पछी अरु कर्मचारी नआउँदा अस्पताल यो अवस्थामा पुगेको हो ।

आफुहरुले जिल्ला र केन्द्र स्तरमा अस्पताल संचालनका लागी पटक पटक पहल गरे पनि कतैवाट पहल नभएपछि अस्पताल बन्द भएको अस्पताल व्यवस्थापन समितिका सचिव खडक रावलले बताए । उनले भने अस्पताल संञ्चालनमा नआउँदा लाखौ मुल्यको संरचना तथा उपकरण समेत प्रयोग विहिन भएका छन ।

बन्द भएपछि अस्पतालका झ्याल,ढोकाहरु तोडफोड भएका छन । कोठा भित्रका फर्निचर र उपकरणहरु खिया लागेका छन । अस्पतालको आगनबाट भाडेवगर जयपृथ्वी नगर सडक खनेपछि अस्पतालका ४ वटा मध्य एउटा भवन चर्किएर भत्किन लागेको छ ।

व्यवस्थापन समितिका पदाधिकारीले सरोकारवालाको बेवास्ताले अस्पताल बन्द हुन पुगेको भनेतापनि स्थानियको भने व्यवस्थापन समितिको कमजोरीका कारण अस्पताल वन्द हुन पुगेको आरोप छ ।

माथिको तश्विरमा: डेढ बर्षदेखि बन्द भएको मटेला गाविसमा अवस्थित डोब्रा अस्पताल । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ