१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका झण्डै १४ कार्यालय प्रमुख विहिन, सेवाग्राही मर्कामा

७ माघ २०७२, बिहीबार १३:४०

सम्राट सिंह । माघ ७, बझाङ । बझाङ जिल्लाका अधिकाँस सरकारी कार्यालय प्रमुख विहिन भएका छन् । २१ बटा सरकारी कार्यालय रहेको बझाङ जिल्लामा झण्डै १४ वटा कार्यालयहरु प्रमुख विहिन छन् । जिल्लामा कार्यालय प्रमुख नभएपछि कामको सिलसिलामा सदरमुकाम आउने सेवाग्राहीहरुले रित्तोहात घर फिर्ता हुनु परेको गुनासो गरेका छन् । प्रमुख नभएपछि कार्यालय पनि सुनसान जस्तै भएका सुवेडाका राजेन्द्र जोशीले बताए । उनले भने अधिकाँस सेवाग्राहीहरु योजनाको सम्झौता गर्न भुक्तानी लिन र कुनै सिफारिस गर्न आएका छन् तर प्रमुख नहुदाँ त्यसै फर्कनु परेको छ ।

जिल्ला प्रशासन कार्यालय सहित जिल्ला विकास समिति लगाएका जिल्लाका झण्डै १४ कार्यालयका प्रमुखहरु जिल्लामा छैनन् । प्रमुख नहुने कार्यालयमा जिल्ला प्रहरी कार्यालय , जिल्ला बन, कृषि, खानेपानी, शिक्षा, जिल्ला अदालत, घरेलु विकास जिल्ला आर्युवेद, जयपृथ्वी नगरपालीका,भु– संरक्षण कार्यालय र अनुसन्धान कार्यालय रहेका छन् । यसका साथै जिल्ला खाद्य संस्थानमा पनि कार्यालय प्रमुख नभएको अवस्था छ ।

स्थानिय विकास अधिकारी लगाएत केहि विकासिय कार्यालयका प्रमुख दुई साता अगाडी देखी ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको भ्रमणमा हिडेका छन् भने अन्य प्रमुख पनि घर विदामा गएका छन् । कोहि हाकीमहरु तालीम गोष्टिमा हिडेकाले कार्यालय प्रमुखको जिम्मेवारी लेखापाल खरिदार सुब्बाले लिएका छन् । यता डिएसपी लक्ष्मीराज अधिकारी भने विदेश प्लान पाएकोले जिल्ला छोड्नु परेको प्रहरी कार्यालयले जनाएको छ । घर विदामा गएका प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले आईतवार सम्म आफु संगै आधाजती कार्यालय प्रमुखलाइृ संगै ल्याउने वताए । स्थानिय विकास अधिकारी आत्मराम सत्याल भने सम्र्पकमा नआएको उनको भनाई छ । परिस्थिती अनुसार जिल्ला कार्यालय प्रमुख नभएर रिक्तो अवस्था छ म तुरुन्तै बुझेर हाकीमहरु लाई जिल्ला फिर्ताहुन पहल गर्ने छु । विगतका वर्षमा पनि बझाङका कार्यालय प्रमुखहरु यसरी आफुखुसी जिल्ला छोड्ने प्रचलन रहदै आएको भएपनि यसको रोकथाम र नियन्त्रका लागी भने नत जिल्ला सरकारले पहल गरेको छ नत केन्द्र सरकारको यसमा ध्यान पुगेको छ ।

अधिकाँस कार्यालय प्रमुखहरु जिल्ला बाहिरका भएकाले असार मसान्तमा घर गएर दशै तिहार पछि मात्र जिल्लामा आउने गर्दछन् । आर्थिक वर्षको दोसा्रे चौमासीकमा पनि नियमित कार्यालयमा प्रमुखहरु नबस्दा विकासिय कार्यालयको कार्यक्रम तथा योजनाहरु समयमै सम्पन्न हुन नसक्दा बजेट फ्रिज हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव