१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

यार्सा व्यापारले बदलिदै सदरमुकाम चैनपुर

८ माघ २०७२, शुक्रबार ०६:०६

Chainpur

सम्राट सिंह । माघ ८, बझाङ । हिमाली जिल्ला बझाङ सदरमुकाम चैनपुर यार्सा व्यापारले दिन प्रतिदिन बदलिदै गइरहेको छ । यार्सा व्यापार गरी विकट गाविस मा बसोबास गर्दै आएका बासिन्दाहरु महङगो जमिन खरिद गरी सदरमुकाममा झर्न थालेपछि चैनपुर बदलिदै गएको हो ।

ग्रामिण भेगका बासिन्दाले एक सिजनमा यार्सा संङकलन गरी प्रति परिवारले दश देखि पन्ध्र लाख सम्म आयआर्जन गर्ने गरेका छन । यार्सा व्यापार गरी प्रायजसो दौलिचौर, दाँतोला, कोटदेवल, काँडा, दहबगर, लेकगाउँ का बासिन्दाहरु सदरमुकाम झर्न थालेका हुन । यार्सा बिक्रि गरी सुर्मा,दौलिचौर गाविसका झण्डै एक सय पचास परिवारले सदरमुकाम चैनपुरमा जमिन खरिद गरी घर समेत बनाइ बसोबास गर्दै आएका दौलिचौर गाविसका ज्ञान बहादुर बोहोराले बताए । उनले भने यार्सा नै ग्रामिण भेगका बासिन्दाको आयआर्जनको मुख्य स्रोत बनेको छ ।

यार्सा व्यापार गरी प्रतिवर्गमिटर दश हजार देखि पचास हजार रुपिया सम्म जमिन खरिद गरी सदरमुकाम चैनपुरमा ठूला ठूला घर निर्माण गरेका छन । जिल्लामा यार्सा सङकलकहरु प्रत्येक बर्ष बैशाख देखि असार सम्म यार्सा संङकलन गर्न लेकतिर जाने गर्दछन । विगत दश बर्ष अगाडि बिस पच्चिस परिवारको बसोबास रहेको चैनपुरमा अहिले झण्डै सात सय परिवार बसोबास गरिरहेका छन ।

सदरमुकाममा शिक्षा,स्वास्थ्य,यातायात,संञ्चार जस्ता आधारभुत आवश्यकताहरु उपभोग गर्न विकट गाविसबाट बासिन्दाहरु सदरमुकाम केन्द्रित बनेका जयपृथ्वी नगरपालिका कार्यकारी प्रमुख सन्त बहादुर सुनारले बताए । सेती नदी र बाउली खोलाको बिच भागमा रहेको चैनपुर झट्ट हेर्दा टापु जस्तै देखिन्छ । अधिकांस सरकारी कार्यालय र व्यापार व्यवसाय गर्ने मानिसहरु चैनपुरमा भएकाले मानिसहरुको चहल पहल पनि चैनपुरमा नै हुन्छ । बझाङ सदरमुकाम चैनपुरमा हाल बाहिरी जिल्लाका व्यापारीहरुको बढी बाहुल्यता रहेको छ ।

तिन सिजनको यार्सा कमाइले सदरमुकाम चैनपुरमा जमिन खरिद गरी दुई तले घर निर्माण गरेको सुर्मा गाविस घर भएका टेक बहादुर बोहोराले बताए । उनले भने यार्साको कमाइले बर्षभरी खान,लगाउन पुगेको र २ वटा केटाकेटी पढाउन धनगढी पठाएको छु ।

यार्साले ग्रामिण भेगका बासिन्दाहरुको जिवनमा परिवर्तन ल्याएको छ । सिजनमा ८ बर्ष माथिका विद्यार्थीहरु पनि आफ्ना अभिभावक सँग यार्सा सङकलन गर्न लेकमा गएर विभिन्न संघर्ष गर्दै यार्सा संकलन गरेर तिन महिना पछि लेकबाट घर फर्कने गर्दछन । यार्सा संकलकहरुले चैनपुरमा ठूला ठूला घर निर्माण गरी सदरमुकाम चैनपुरको मुहार नै फेरीएको छ ।

माथिको फोटोमा : यार्सा संकलकले घर निर्माण गरेपछि बदलिएको बझाङ सदरमुकाम चैनपुर । तस्बीर: सम्राट सिंह ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव