२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातदोबाटोबाट बस चढेकी युवतीलाई बसपार्क लगी महानगर यातायातका चालक र सहचालकले गरे बलात्कार !

२०८१, १६ कार्तिक शुक्रबार १३:४१

काठमाडौं । ललितपुरको सातदोबाटोबाट बस चढेकी एक युवतीलाई रिङरोड परिक्रमा गर्ने बसका चालक र सहचालकले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ। घटनामा संलग्न चालक पक्राउ परेका छन् भने सहचालक अझै फरार छन्।

असोज ९ गते साँझ ५ बजे, एक युवती बसपार्क जान सातदोबाटोमा गाडी कुरिरहेकी थिइन्। त्यही बेला बा ५ ख ७१३३ नम्बरको महानगर यातायात बस आइपुग्यो। बसमा रौतहटको चन्द्रपुर निवासी सहचालक आकाश उर्फ बुद्धिमान वाइबा र संखुवासभाको खाँदबारी निवासी चालक दिपेश कोइराला थिए। युवती बसमा चढेपछि गाडी कलंकी हुँदै अघि बढ्यो।

यात्रा क्रममा, चालक र सहचालकले सबै यात्रुलाई माछापोखरीमा ओराले, तर युवतीलाई गाडी पार्क गर्न बसपार्कसम्म जाने भन्दै झर्न दिएनन् । बस बसपार्क पुगेपछि सहचालकले उनलाई पानी दिए, जसलाई पिएपछि उनी झुम्म हुँदै निदाइन्।

युवती ब्युँझँदा आफू काठमाडौं २६ स्थित बसपार्कको ‘गुरुमा’ होटलको कोठा नं. १०९ मा रहेको पाइन। उनीसँगै चालक र सहचालक नग्न अवस्थामा थिए र रातभर उनीमाथि पटक–पटक बलात्कार गरिएको उनले प्रहरीमा उजुरी दिएकी छन्। भोलिपल्ट बिहानसम्म कोठामा थुनेर बलात्कारपछि, चालक र सहचालक त्यहाँबाट भागे। पछि बस चलाउन गएका चालक दिपेशलाई असोज १० गते साँझ पक्राउ गरियो।

युवतीले प्रहरीलाई फोन गर्न खोज्दा, चालक दिपेशले फोन फुटाइदिएको र घटनाबारे कसैलाई भने मारिदिने धम्की दिएको पनि बयान दिएका छन्। उनलाई अदालतमा मुद्दा दर्तापछि जेल चलान गरिएको छ भने सहचालकको खोजी कार्य जारी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा