६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने

१६ कार्तिक २०८१, शुक्रबार १६:२०

काठमाडौँ | पाकिस्तानका मुहम्मद मोहसिनले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

जनकपुरले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर मोहसिनलाई अनुबन्ध गरेको शुक्रबार सामाजिक सञ्जालमार्फत जनाएको छ ।

२८ वर्षीय मोहसिनले ३० टी-२० खेल खेलेका छन् । जसमा उनले १७९ रन बनाउनुका साथै २२ विकेट लिएका छन् । उनले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग र अमेरिकाको मेजर क्रिकेट लिग खेलिसकेका छन् ।

जनकपुरले यसअघि न्युजिल्याण्डका जिमी निसम र अमेरिकाका युवा क्रिकेटर जोसुआ ट्रम्पलाई अनुबन्ध गरिसकेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर आसिफ शेख मार्की प्लेअर रहेको जनकपुरको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप सुनको भाउ निरन्तर बढेको बढ्यै, आज तोलाको कति पुग्यो ? कास्की र मनाङको सिमानमा भूकम्पको धक्का बीपी राजमार्ग दैनिक ७ घण्टा बन्द हुने मन्त्रिपरिषद् बैठक आज बस्दै टी–२० अलराउन्डरतर्फ दीपेन्द्र ऐरीको वरीयता यथावत्, भारतका हार्दिक पाण्ड्या शीर्षमा उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान जनताको सेवा प्रवाह प्रभावकारी बनाउन संघीयताको सबलीकरण आवश्यक : प्रचण्ड बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम: पहाडी भूभागमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दुर्गा प्रसाईंको घरबाट पक्राउ परेका ९ जनालाई मुद्दा दुर्गा प्रसाईंका वकिलको आरोप: ‘मंसिर ७ को आन्दोलन रोक्न पक्राउ गरियो’ अन्डरवर्ल्ड एजेन्ट भन्दै असुली गर्न खोजेको आरोपमा चिकित्सक पक्राउ रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा सहकारी ठगी प्रकरणमा जाहेरी नेपालमा लरेन्स विश्नोईको नाम लिएर धम्की: सीआईबीमा चार जनाको उजुरी, अनुसन्धान जारी भैंसेपाटी हनिट्रयाप प्रकरण : इन्सपेक्टर शाहीसहित ६ जनालाई मुद्दा चलाउन सिफारिस लोकतन्त्रप्रति भरोसा जगाउन शासन प्रणाली पारदर्शी, जवाबदेही र सुशासन अनिवार्य: राष्ट्रपति पौडेल काठमाडौं आइपुगे भारतीय सेना प्रमुख द्विवेदी इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप, तीनजना घाइते