२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शुक्रबारदेखि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द रहने

२०८१, २० कार्तिक मंगलवार १३:५६

काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुनेछ। धावनमार्गको क्षमता बढाउन रनवेसँग समानान्तर ट्याक्सी वे निर्माणका लागि यो निर्णय गरिएको हो।

विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणले स्पष्ट पारेको छ। गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए।

महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बताएअनुसार समानान्तर ट्याक्सी वे निर्माणसँगै विमानस्थलको कार्यक्षमता २५ प्रतिशतले बढ्नेछ। यससँगै एप्रोनमा जहाज लैजानका लागि रनवेको प्रयोग कम हुने हुँदा धावनमार्गको अकुपेन्सी समय घट्नेछ।

काम गर्दा प्रत्येक राति खनिएको भागलाई बिहानको उडान अघि पूर्वावस्थामा फर्काउनु पर्ने भएकाले यस कार्यका लागि न्यूनतम १० घण्टा आवश्यक हुने प्राधिकरणले स्पष्ट पारेको छ। यो निर्णयलाई कुनै रणनीतिको रूपमा नलिई विमानस्थलको व्यावसायिक कार्यक्षमता बढाउन मात्र गरिएको बताइएको छ।

प्राधिकरणका अनुसार यो स्तरोन्नतिले आन्तरिक र बाह्य दुवै उडानमा प्रभाव पार्नेछ। विशेष गरी, आन्तरिक उडानहरूमा ३० प्रतिशत कटौती गरिनेछ। बाहिरी उडानको लागि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक बनाइने र त्यहाँबाट ३ वटा अन्तर्राष्ट्रिय उडान चाँडै सुरु गरिने योजना छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला