२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पठाओ, इन्ड्राइभलाई टक्कर दिन आफ्नै राइड शेयरिङ प्लेटफर्म ‘दुर्गा’ ल्याउँदै दुर्गा प्रसाई, कमिसन नलिने

२०८१, २३ कार्तिक शुक्रबार १२:०९

काठमाडौँ | राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, र नागरिक बचाऔँ अभियानअन्तर्गत मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफ्नै राइड शेयरिङ प्लेटफर्म ‘दुर्गा’ ल्याउने तयारी गरेका छन् ।

पठाओ, इन्ड्राइभ जस्ता राईड शेयरिङ प्लेटफर्मलाई टक्कर दिन दुर्गा प्रसाईले आफ्नै राइड शेयरिङ प्लेटफर्म ल्याउन लागेका हुन् ।

प्रसाईको राइड शेयरिङ प्लेटफर्म दुर्गाले राइडरबाट कुनै पनि प्रकारको कमिसन लिने छैन् भने दर्ता शुल्क पनि लाग्ने छैन् । यो गैर नाफामुलक रूपमा सञ्चालन हुने जनाइएको छ ।

यसले १० हजार ट्याक्सी व्यवसायी र २ लाख बाईक राइडरहरूलाई फाइदा पुर्‍याउने प्रसाईको विश्वास रहेको छ ।

हाल बजारमा लोकप्रिय पठाओ र इन्ड्राइभजस्ता राइड–शेयरिङ्ग प्लेटफर्मले दैनिक तीनदेखि चार करोड नेपाली रुपैयाँ विदेश लगिरहेका कारण त्यसलाई रोक्न आफूले ‘दुर्गा’ राइड–शेयरिङ्ग प्लेटफर्म ल्याउन लागेको प्रसाईंले बताएका छन्। यो प्लेटफर्म तीनदेखि चार महिनाभित्र नेपाली बजारमा उपलब्ध गराइनेछ।

प्रसाईंले यस अवधारणाबाट नेपाली पैसा बाहिर जानबाट रोक्न सकिने र देशमा आर्थिक सशक्तीकरण हुने विश्वास व्यक्त गरेका छन्। यो प्लेटफर्मको औपचारिक घोषणा मङ्सिर ७ मा काठमाडौंमा आयोजना हुने विशेष सभामा गरिने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा