२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा कुवेत उड्न लागेका २२ युवतीलाई विमानस्थल अध्यागमनले फर्कायो

२०८१, २३ कार्तिक शुक्रबार १२:५२

काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति मानव तस्करीको आशंकामा कुवेत उड्न लागेका २२ नेपाली युवतीलाई अध्यागमनले फिर्ता गरेको छ। हिमालयन एयरलाइन्सको राति ९:४५ बजेको उडानमार्फत दुबई हुँदै कुवेत जान लागेका ती युवतीहरु एकतर्फी टिकट र फरक भिसासहित फेला परेपछि अध्यागमन प्रमुख तीर्थराज भट्टराईको निर्देशनमा फर्काइएका हुन्।

भट्टराईका अनुसार उनीहरुसँग दुबईको भिसा र कुवेतको बोर्डिङ पास थियो । घटनामा कसैलाई पक्राउ गरिएको छैन । एकजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो । तर, पछि छोडियो ।

नेपाली युवती भिजिट भिसामा विभिन्न मुलुक जाने र अवैध रूपमा विभिन्न श्रमजन्य कार्यमा संलग्न हुने कारण सरकारले त्यसलाई नियमन र व्यवस्थापनको काम अगाडि बढाएको थियो ।

यसअघि अध्यागमनका पूर्वप्रमुख गोविन्दप्रसाद रिजालको संयोजकत्वमा कार्यदल गठन गरिएको भए पनि रिजालको सरुवापछि यस कार्यमा अस्थायी रोक लागेको छ।

वर्तमान प्रमुख भट्टराईले भिजिट भिसाको विकृति नियन्त्रणको आवश्यकता रहेको बताउँदै यसबारे थप अध्ययन र छलफल भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा