९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा कुवेत उड्न लागेका २२ युवतीलाई विमानस्थल अध्यागमनले फर्कायो

२३ कार्तिक २०८१, शुक्रबार १२:५२

काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति मानव तस्करीको आशंकामा कुवेत उड्न लागेका २२ नेपाली युवतीलाई अध्यागमनले फिर्ता गरेको छ। हिमालयन एयरलाइन्सको राति ९:४५ बजेको उडानमार्फत दुबई हुँदै कुवेत जान लागेका ती युवतीहरु एकतर्फी टिकट र फरक भिसासहित फेला परेपछि अध्यागमन प्रमुख तीर्थराज भट्टराईको निर्देशनमा फर्काइएका हुन्।

भट्टराईका अनुसार उनीहरुसँग दुबईको भिसा र कुवेतको बोर्डिङ पास थियो । घटनामा कसैलाई पक्राउ गरिएको छैन । एकजना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिएको थियो । तर, पछि छोडियो ।

नेपाली युवती भिजिट भिसामा विभिन्न मुलुक जाने र अवैध रूपमा विभिन्न श्रमजन्य कार्यमा संलग्न हुने कारण सरकारले त्यसलाई नियमन र व्यवस्थापनको काम अगाडि बढाएको थियो ।

यसअघि अध्यागमनका पूर्वप्रमुख गोविन्दप्रसाद रिजालको संयोजकत्वमा कार्यदल गठन गरिएको भए पनि रिजालको सरुवापछि यस कार्यमा अस्थायी रोक लागेको छ।

वर्तमान प्रमुख भट्टराईले भिजिट भिसाको विकृति नियन्त्रणको आवश्यकता रहेको बताउँदै यसबारे थप अध्ययन र छलफल भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता