१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नारायणगढ-मुग्लिन सडक दुर्घटना : कसरी भयो दुर्घटना , यसो भन्छन् यात्रु !

२३ कार्तिक २०८१, शुक्रबार १३:३४

चितवन | चितवनको सत्रकिलोमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। चितवनको भरतपुरबाट काठमाडौँका लागि छुटेको बा प्र ०३–००१ ख २८१२ नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट नारायणगढतर्फ गइरहेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

१९ वर्षीय साकिर मियाँ, जो चितवनको रत्ननगर नगरपालिका–१३ निवासी हुन्, भरतपुरबाट बिहान २ बजे काठमाडौँ जाने क्रममा बसमा सवार थिए। विराटनगरबाट भरिएका यात्रुसँगै चालक नजिकैको क्याबिनमा बसेका साकिरले बस नारायणगढबाट बिहान करिब ३ बजे गुडेको र यात्रुहरू निदाइरहेका समयमा एक्कासी ठक्कर भएको बताए। उनका अनुसार, माइक्रोबस अचानक बसको साइडमा आइपुगेको र ठूलो आवाज आएर बस रोकिएको थियो। बसबाट ओर्लिएर हेर्दा माइक्रोबसमा रहेका सबैजना गम्भीर घाइते अवस्थामा फेला परेका थिए, भने चालक सिटमै च्यापिएका थिए।

दुर्घटनामा परी माइक्रोबसमा सवार ६ मध्ये ५ जनाको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए। मृतकमध्ये हालसम्म माइक्रोबस चालक र एक यात्रुको मात्र सनाखत भएको छ। ४० वर्षीय चालक अनोज अधिकारी चितवनको खैरहनी नगरपालिका–४ निवासी हुन् भने अर्का मृतक ४२ वर्षीय राजबहादुर गुरुङ गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका बासिन्दा हुन्। अन्य तीन जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकमध्ये ३ पुरुष, एक महिला र एक बालिका रहेका छन्। दुर्घटनामा घाइते भएका यात्रुहरूको उद्धार गरिएको छ भने बस चालक मकवानपुर हेटौंडाका ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरी नियन्त्रणमा लिइएको छ।

प्रवक्ता रिजालले दुर्घटनामा ज्यान गुमाएका केही मृतकहरूको पहिचान गर्न कठिनाइ भएको र हालसम्म टिकट वा अन्य कुनै प्रमाण पनि भेटिएको छैन भने आफन्तहरूको सम्पर्कमा समेत आएका छैनन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु