२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नारायणगढ-मुग्लिन सडक दुर्घटना : कसरी भयो दुर्घटना , यसो भन्छन् यात्रु !

२०८१, २३ कार्तिक शुक्रबार १३:३४

चितवन | चितवनको सत्रकिलोमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। चितवनको भरतपुरबाट काठमाडौँका लागि छुटेको बा प्र ०३–००१ ख २८१२ नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट नारायणगढतर्फ गइरहेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।

१९ वर्षीय साकिर मियाँ, जो चितवनको रत्ननगर नगरपालिका–१३ निवासी हुन्, भरतपुरबाट बिहान २ बजे काठमाडौँ जाने क्रममा बसमा सवार थिए। विराटनगरबाट भरिएका यात्रुसँगै चालक नजिकैको क्याबिनमा बसेका साकिरले बस नारायणगढबाट बिहान करिब ३ बजे गुडेको र यात्रुहरू निदाइरहेका समयमा एक्कासी ठक्कर भएको बताए। उनका अनुसार, माइक्रोबस अचानक बसको साइडमा आइपुगेको र ठूलो आवाज आएर बस रोकिएको थियो। बसबाट ओर्लिएर हेर्दा माइक्रोबसमा रहेका सबैजना गम्भीर घाइते अवस्थामा फेला परेका थिए, भने चालक सिटमै च्यापिएका थिए।

दुर्घटनामा परी माइक्रोबसमा सवार ६ मध्ये ५ जनाको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए। मृतकमध्ये हालसम्म माइक्रोबस चालक र एक यात्रुको मात्र सनाखत भएको छ। ४० वर्षीय चालक अनोज अधिकारी चितवनको खैरहनी नगरपालिका–४ निवासी हुन् भने अर्का मृतक ४२ वर्षीय राजबहादुर गुरुङ गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका बासिन्दा हुन्। अन्य तीन जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकमध्ये ३ पुरुष, एक महिला र एक बालिका रहेका छन्। दुर्घटनामा घाइते भएका यात्रुहरूको उद्धार गरिएको छ भने बस चालक मकवानपुर हेटौंडाका ४० वर्षीय सूर्यविक्रम विष्टलाई प्रहरी नियन्त्रणमा लिइएको छ।

प्रवक्ता रिजालले दुर्घटनामा ज्यान गुमाएका केही मृतकहरूको पहिचान गर्न कठिनाइ भएको र हालसम्म टिकट वा अन्य कुनै प्रमाण पनि भेटिएको छैन भने आफन्तहरूको सम्पर्कमा समेत आएका छैनन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा