२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दुई पटक कारागारबाट भागेका विनायकलाई प्रहरीद्वारा गोली प्रहार गरी पक्राउ

२३ कार्तिक २०८१, शुक्रबार १४:२७

विराटनगर। दुई पटक कारागारबाट भागेर फरार भएका एक कैदीलाई सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। हत्या अभियोगमा दोषी ठहरिएका इनरुवा नगरपालिका–१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई प्रहरीले कोशी गाउँपालिका–८ पथरचट्टान क्षेत्रबाट पक्राउ गरेको हो।

२०६५ साल वैशाख १६ गते सुनसरीको साविक प्रकाशपुर–६ निवासी ३९ वर्षीय केशव कार्कीको हत्या अभियोगमा पक्राउ परेका यादवलाई अदालतले २० वर्ष ८ महिना १४ दिनको कैद सजाय सुनाएको थियो।

२०६९ सालमा झुम्का कारागारबाट सुरुङ खनेर भागेका यादव २०७२ साल वैशाख १२ गतेको भूकम्पका बेला सिन्धुपाल्चोक कारागारबाट फेरि भागेर भारत पुगेका थिए। उनी मधेशी मुक्ती टाइगरको नाममा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै सुपोलस्थित भारतको दिदीको घरमा बसेका थिए।

छठ पूजाका लागि नेपाल आउँदै गर्दा प्रहरीले यादवलाई बिहीबार पक्राउ गरेको हो। उनलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले घुँडामुनि ताकेर गोली चलाएको थियो। गोली लागेन तर आत्तिएर यादव लडेका थिए। उनलाई नियन्त्रणमा लिएर शुक्रबार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ।

अब यादवले बाँकी सजायको डेढी सजाय भुक्तान गर्नुपर्ने भएको छ। नेपाल कारागार ऐन २०१९ अनुसार, भागेको कैदीलाई पुनः पक्राउ गरेपछि बाँकी कैदमा डेढी सजाय थप हुने कानुनी प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान