२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नारायणगढ-मुग्लिन सडक दुर्घटना: मृत्यु भएका सबैको सनाखत

२०८१, २३ कार्तिक शुक्रबार १५:५६

चितवन | नारायणघाट-मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सत्र किलोमा भएको दुर्घटनामा मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ।

शुक्रबार बिहान ३ बजे नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नम्बरको माइक्रो र मुग्लिङ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नम्बरको बस ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी मृत्यु हुनेमा माइक्रोमा सवार गोरखाको आरूघाट गाउँपालिका-५ मान्बु बस्ने अन्दाजी ४०/४२ वर्षीय राजबहादुर गुरूङ, माइक्रो चालक चितवनको खैरहनी नगरपालिका-४ का ३९ वर्षीय अनोज अधिकारी छन्।

माइक्रोमा सवार भारत घर भई हाल कास्कीको पोखरा महानगरपालिका-९ बस्ने ३६ वर्षीय राजकुमार साह, नवलपरासीको विनयत्रिबेणी गा.पा.४ बगैंचा बस्ने बर्ष ३५ को सन्तोष भुसाल र ३३ वर्षीया सबिना भुसालको पनि मृत्यु भएको छ। मृतकका आफन्तहरूले अस्पताल पुगेर शव सनाखत गरेका थिए।

माइक्रोमा सवार एकजनाको अवस्था गम्भीर रहेको पनि डिएसपी रिजालले जानकारी दिए।

बस चालक सामान्य घाइते छन्। उनी प्रहरीको नियन्त्रणमा छन्। दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी रिजालले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा