२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पूर्णबहादुरको सारङ्गी’ फिल्मको कथा कपी गरिएको आरोप, लेखक बस्यालले पेश गरे ९ बुँदे आधार

२०८१, २५ कार्तिक आईतवार १२:३३

काठमाडौँ | लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको फिल्म पूर्ण बहादुरको सारङ्गी ले बक्स अफिसमा धमाकेदार प्रदर्शन गरिरहेको छ। यो फिल्मले बिहान ५ बजेदेखि साँझ ११ बजेसम्मका सबै शोहरूमा टिकटको माग चुल्याउँदै ऐतिहासिक कीर्तिमान समेत बनाएको छ।

दर्शकहरू फिल्मको कथा र कलाकारहरूको अभिनयले भावविह्वल भएका छन्। यो फिल्म सरोज पौडेलको निर्देशनमा बनेको हो, जसको कथा पनि पौडेलले नै लेखेका छन्। निर्देशक पौडेलले आफ्नो बुबाको निधनपछि महसुस गरेका भावनाहरूलाई फिल्ममा उतारेको बताएका छन्।

फिल्मले राम्रो व्यवसाय गरिरहँदा फिल्मको कथा र विषय बस्तुलाई कपी गरिएको आरोप लागेको छ । उपन्यासकार डा. शिवशंकर बस्यालले सन् २०२० मा बजारमा आएको उपन्यास ‘सङ्ग्रामपुर’ को मूल कथा फिल्मसँग मिलेको बताएका छन् । बस्यालले फिल्म हेरिसकेपछि शनिवार साँझ फेसबुकमा लामो स्ट्याटस लेख्दै उपन्याससँग फिल्मको कथा मिलेको ९ बुँदे आधार समेत प्रस्तुत गरेका छन् । उनले उल्लेख गरेका बुँदा हेर्दा उपन्याससँग फिल्मको मूल कथा मिलेको देखिन्छ ।

बस्यालका अनुसार, सङ्ग्रामपुर को रूपमान र समीर पात्रजस्तै फिल्ममा पनि पूर्णबहादुर र कमल पात्र देख्न सकिन्छ। यस्तै, उपन्यासको कथामा समीर टप विद्यार्थी भएर मेडिकल पढ्न जाने प्रसङ्गजस्तै फिल्ममा पनि कमल गन्धर्वले बुबा पूर्णबहादुरकै दबाबमा मेडिकल पढ्न जान्छन्। बस्यालले कथाका यी र अन्य धेरै प्रसङ्गहरू मिलेको दाबी गरेका छन्।

पूर्ण बहादुरको सारङ्गी बाबुले छोराका लागि देखेको सपना र संघर्षको कथा हो। फिल्ममा बुबाको भूमिकामा विजय बराल र छोराको भूमिकामा प्रकाश सपूत छन्। अन्य कलाकारहरूमा अञ्जना बराइली, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शङ्कर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतका कलाकारको सशक्त अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा