१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पूर्णबहादुरको सारङ्गी’ फिल्मको कथा कपी गरिएको आरोप, लेखक बस्यालले पेश गरे ९ बुँदे आधार

२५ कार्तिक २०८१, आईतवार १२:३३

काठमाडौँ | लक्ष्मीपूजाको दिनदेखि प्रदर्शनमा आएको फिल्म पूर्ण बहादुरको सारङ्गी ले बक्स अफिसमा धमाकेदार प्रदर्शन गरिरहेको छ। यो फिल्मले बिहान ५ बजेदेखि साँझ ११ बजेसम्मका सबै शोहरूमा टिकटको माग चुल्याउँदै ऐतिहासिक कीर्तिमान समेत बनाएको छ।

दर्शकहरू फिल्मको कथा र कलाकारहरूको अभिनयले भावविह्वल भएका छन्। यो फिल्म सरोज पौडेलको निर्देशनमा बनेको हो, जसको कथा पनि पौडेलले नै लेखेका छन्। निर्देशक पौडेलले आफ्नो बुबाको निधनपछि महसुस गरेका भावनाहरूलाई फिल्ममा उतारेको बताएका छन्।

फिल्मले राम्रो व्यवसाय गरिरहँदा फिल्मको कथा र विषय बस्तुलाई कपी गरिएको आरोप लागेको छ । उपन्यासकार डा. शिवशंकर बस्यालले सन् २०२० मा बजारमा आएको उपन्यास ‘सङ्ग्रामपुर’ को मूल कथा फिल्मसँग मिलेको बताएका छन् । बस्यालले फिल्म हेरिसकेपछि शनिवार साँझ फेसबुकमा लामो स्ट्याटस लेख्दै उपन्याससँग फिल्मको कथा मिलेको ९ बुँदे आधार समेत प्रस्तुत गरेका छन् । उनले उल्लेख गरेका बुँदा हेर्दा उपन्याससँग फिल्मको मूल कथा मिलेको देखिन्छ ।

बस्यालका अनुसार, सङ्ग्रामपुर को रूपमान र समीर पात्रजस्तै फिल्ममा पनि पूर्णबहादुर र कमल पात्र देख्न सकिन्छ। यस्तै, उपन्यासको कथामा समीर टप विद्यार्थी भएर मेडिकल पढ्न जाने प्रसङ्गजस्तै फिल्ममा पनि कमल गन्धर्वले बुबा पूर्णबहादुरकै दबाबमा मेडिकल पढ्न जान्छन्। बस्यालले कथाका यी र अन्य धेरै प्रसङ्गहरू मिलेको दाबी गरेका छन्।

पूर्ण बहादुरको सारङ्गी बाबुले छोराका लागि देखेको सपना र संघर्षको कथा हो। फिल्ममा बुबाको भूमिकामा विजय बराल र छोराको भूमिकामा प्रकाश सपूत छन्। अन्य कलाकारहरूमा अञ्जना बराइली, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शङ्कर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतका कलाकारको सशक्त अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार