९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसमा ३४ नेपाली विद्यार्थी पक्राउ, देश निकाला गर्न अदालतको आदेश

२ मंसिर २०८१, आईतवार १२:५५

काठमाडौँ | रुसी अदालतले श्रम इजाजतबिना काम गरेको आरोपमा ३४ जना नेपाली विद्यार्थीलाई देश निकाला (डिपोर्ट) गर्ने आदेश दिएको छ। ती विद्यार्थीहरूलाई मस्कोबाट ६० किलोमिटर टाढा रहेको शाखा रवाहस्थित डिपोर्टेशन सेन्टरमा राखिएको छ।

विद्यार्थी भिसामा रुस पुगेका उनीहरूले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरेको भन्दै रुसका अध्यागमन अधिकारीहरूले कार्तिक १४ गते मस्कोको कुजमिन्कीस्थित वान एक्स बेट नामक जुवा खेलाउने कम्पनीबाट पक्राउ गरेका थिए। तीमध्ये १२ जना महिला विद्यार्थी रहेका छन्।

गैरआवासीय नेपाली संघ, रुसका अध्यक्ष केशव तिमल्सिनाका अनुसार, ती विद्यार्थीहरूले विश्वविद्यालयबाट पढिरहेको प्रमाणपत्र र कामको लागि आवश्यक करारपत्र प्रस्तुत गर्न नसकेकाले अदालतले डिपोर्ट गर्ने फैसला गरेको हो। तिमल्सिनाले भने, ‘विद्यार्थी भिसाले बस्ने अनुमति भए पनि काम गर्न छुट छैन। काम गर्न श्रम इजाजत र कम्पनीसँगको करारपत्र अनिवार्य छ। यी कागजात भए, डिपोर्ट रोक्न कानुनी प्रक्रिया थाल्न सकिन्थ्यो।’

ती विद्यार्थीहरू तीन महिनादेखि डेढ वर्षअघि रुस पुगेका थिए। तर, श्रम नियम उल्लंघन गरेको ठहर गर्दै उनीहरूलाई डिपोर्ट गर्ने तयारी भइरहेको छ। यस फैसलासँगै उनीहरूले पाँच वर्षसम्म रुसमा प्रवेश गर्न पाउने छैनन्।

रुसमा एजेन्टको मिलोमतो र विद्यार्थीको बिचल्ली
गैरकानुनी काम गर्ने उद्देश्यले विद्यार्थी भिसाको आवरणमा काम गर्न पठाउने एजेन्टहरूको गतिविधिले नेपाली युवाहरूलाई जोखिममा पारेको अध्यक्ष तिमल्सिनाको भनाइ छ। ‘रुसमा श्रम नियम कडा छ। जस कम्पनीले वर्क परमिट जारी गर्छ, सोही कम्पनीमा मात्रै काम गर्न पाइन्छ। अन्यत्र काम गर्दा अध्यागमनले तुरुन्त कारबाही गर्छ,’ उनले भने।

दुई वर्षअघि पनि १५ जना नेपाली विद्यार्थीलाई श्रम नियम उल्लंघनको आरोपमा जेलमा राखेर डिपोर्ट गरिएको थियो। तिमल्सिनाले रुसलाई ट्रान्जिट बनाउँदै नेपाली युवाहरूलाई अवैध रूपमा पठाउने कार्य तत्काल रोक्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता