१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कोशी अस्पतालमा कैदीको मृत्यु

२ मंसिर २०८१, आईतवार १३:५३

विराटनगर | विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका जिल्ला कारागार मोरङका कैदी महानन्द राय अमातको आइतबार राति मृत्यु भएको छ। विराटनगर महानगरपालिका–८ का ५५ वर्षीय अमात दुवै खुट्टामा घाउ पाकेपछि कात्तिक २१ गते अस्पताल भर्ना भएका थिए।

अमातलाई मधुमेह, उच्च रक्तचाप, र मिर्गौलासम्बन्धी पुरानो समस्या रहेको जेलर चेतराज बरालले जानकारी दिएका छन्। ११ दिनदेखि आईसीयूमा उपचाररत अमातको राति ३ बजे मृत्यु भएको हो।

अमातलाई घरधनीले भाडा नतिरेको र घर खाली गर्न नमानेको भन्दै मुद्दा हालेका थिए। अदालतले उनलाई दोषी ठहर गर्दै असोज १३ गते दुई वर्ष कैद र घरधनीलाई ९ लाख रुपैयाँ भाडा तिर्ने आदेश दिएको थियो।

मोरङ कारागारमा अहिले ९९ महिला र ५ नाबालकसहित १,०९६ जना कैदीबन्दी छन्। अत्यधिक भीडका कारण खान, बस्न, र सुत्नको समस्या भइरहेको जेलर बरालले बताए। कैदीहरूका लागि ठाउँको अभावले दैनिकी कष्टकर बनेको छ।

अमातको शव परिवारले दाहसंस्कारका लागि लगेका छन्। घटना कारागारभित्रको भीड र सुविधाको अभावप्रति ध्यानाकर्षण गराउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु