२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कोशी अस्पतालमा कैदीको मृत्यु

२०८१, २ मंसिर आईतवार १३:५३

विराटनगर | विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका जिल्ला कारागार मोरङका कैदी महानन्द राय अमातको आइतबार राति मृत्यु भएको छ। विराटनगर महानगरपालिका–८ का ५५ वर्षीय अमात दुवै खुट्टामा घाउ पाकेपछि कात्तिक २१ गते अस्पताल भर्ना भएका थिए।

अमातलाई मधुमेह, उच्च रक्तचाप, र मिर्गौलासम्बन्धी पुरानो समस्या रहेको जेलर चेतराज बरालले जानकारी दिएका छन्। ११ दिनदेखि आईसीयूमा उपचाररत अमातको राति ३ बजे मृत्यु भएको हो।

अमातलाई घरधनीले भाडा नतिरेको र घर खाली गर्न नमानेको भन्दै मुद्दा हालेका थिए। अदालतले उनलाई दोषी ठहर गर्दै असोज १३ गते दुई वर्ष कैद र घरधनीलाई ९ लाख रुपैयाँ भाडा तिर्ने आदेश दिएको थियो।

मोरङ कारागारमा अहिले ९९ महिला र ५ नाबालकसहित १,०९६ जना कैदीबन्दी छन्। अत्यधिक भीडका कारण खान, बस्न, र सुत्नको समस्या भइरहेको जेलर बरालले बताए। कैदीहरूका लागि ठाउँको अभावले दैनिकी कष्टकर बनेको छ।

अमातको शव परिवारले दाहसंस्कारका लागि लगेका छन्। घटना कारागारभित्रको भीड र सुविधाको अभावप्रति ध्यानाकर्षण गराउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ