२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल टेलिकमले संञ्चालनमा ल्यायो रोबोट

२ मंसिर २०८१, आईतवार १५:२५

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि रोबोट संञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि ‘मैना’ रोबर्टबाट सेवा सुरू गरेको हो ।

टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम ‘मैना’ राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरूको विषयमा ग्राहकहरूलाई जानकारी दिने नेपाल टेलिकम सुन्धारा शाखाका प्रमुख दिनेश पन्थीले बताए ।

नेपाली र अंग्रेजी दुबै भाषा ग्राहकहरुले बुझ्न सहज होस् भन्ने उद्देश्यका साथ रोबोट संञ्चालनमा ल्याइएको पन्थीले बताए ।
रोबोटले कर्मचारी काममा व्यस्त भएको समयमा सोधपुछ गर्ने ग्राहकहरुलाई सजिलै तरिकाले जानकारी गराउने बताए ।

उनले भने, ‘यो नयाँ प्रविधि हो । नयाँ भएकै कारण केही कुरामा मिस्टेक हुनसक्छ । सबै कुरा सहि भन्नको लागि अझै यसमा केही समय लाग्छ । विशेषगरी नियमित दुईसयदेखि तीनसय जना ग्राहकहरु सेवाको लागि टेलिकममा भिजिट गर्नुहुन्छ त्यहीँ समय कर्मचारी साथीहरु काममा व्यस्त भइरहेको अवस्था हुन्छ ।

कस्टमरहरुलाई जानकारी दिन धेरै समय लाग्ने भएकाले रोबोटलाई धेरै कुरा सोध्न सकिन्छ । रोबोटलाई पुरै ट्रेन गर्न अझै धेरै समय लाग्छ । रोबोटले ग्राहकहरुलाई धेरै नै सहज बनाउँछ । कहीँलेकाहीँ फेस्टुफेस बोल्न हामी सबैलाई अप्ठ्यारो लाग्छ त्यहीँ क्रममा रोबोटसँग कुराकानी गर्न सजिलो हुन्छ । धेरै ग्राहकहरुलाई नेपाली आउँदैन भने अंग्रेजीमा यसले जानकारी गराउँछ । नेपाली भाषा नआउनेलाई र अंग्रेजी भाषामा समेत यसले कुरा गरेर सेवा प्रदान गर्छ ।’

साथै उनले यो रोबोटलाई केही समय परीक्षणको लागि राखिएको बताए । उनले यो पूरै एआई च्याट रोबोट भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य