२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा बस दुर्घटना हुँदा २९ जना घाइते

२०८१, २ मंसिर आईतवार १७:४६

तनहुँ | तनहुँको बन्दीपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्। पृथ्वी राजमार्गअन्तर्गतको बन्दीपुर गाउँपालिका– ५ गोरे चौतारे घुम्ती भन्ने ठाउँमा दुईवटा यात्रुबाहक बस ठोक्किएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी अशोक थापाले पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ३४८७ र काठमाडौँबाट पोखरा जाँदै गरेको जीएए ००७० नम्बरको यात्रुबाहक बस ठोक्किएर दुर्घटना भएको जानकारी दिए।

थापाले दुर्घटनामा परी गम्भीर घाइते भएका तीन जनालाई उपचारका लागि चितवन पठाइएको बताए। सामान्य घाइतेहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय