१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

महिला कैदीलाई बलात्कार आरोपमा राजविराज कारागारका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

४ मंसिर २०८१, मंगलवार १५:२३

राजविराज | राजविराज कारागारमा कैदी जीवन बिताइरहेकी एक महिला कैदीलाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला अदालतले कार्यालय सहयोगी चन्द्रनारायण यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

३० वर्षीय यादव राजविराज कारागारमा कार्यालय सहयोगीका रूपमा विगत १७ वर्षदेखि करार सेवामा कार्यरत थिए। पक्राउ पुर्जी जारी भएसँगै उनको करार सम्झौता रद्द गरिएको जेलर प्रविण कुमार अधिकारीले जानकारी दिए।

महिला कैदीको उजुरी
पीडित भनिएकी महिलाले यादवले २०७९ माघ ५ गते दिउँसो ४ बजे “जरुरी काम छ” भन्दै कारागारको प्रशासनिक कक्ष नजिकै रहेको बिजुली घरमा लगेर डर, त्रास र धम्की दिँदै बलात्कार गरेको जाहेरी दिएकी छिन्।

उनले ८ महिना अघि जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी थिइन्। उजुरी सप्तरी जिल्ला प्रहरी कार्यालयमा आइपुगेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

महिला कैदी २०७६ साउन १६ देखि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आत्महत्या दुरुत्साहनको आरोपमा जेल सजाय भुक्तान गरिरहेकी छिन्।

आरोपित चन्द्रनारायण यादवले ती महिलाले लगाएको आरोप झुटो रहेको दाबी गरेका छन्। पक्राउ पुर्जी जारी भएकाले आफू एक-दुई दिनभित्र अदालतमा उपस्थित भई आफ्नो पक्ष राख्ने उनले बताएका छन्।

सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनको खोजी कार्य सुरु गरिएको छ।

यो घटनाले कारागारभित्र महिला कैदीहरूको सुरक्षासम्बन्धी गम्भीर प्रश्न खडा गरेको छ। कारागार प्रशासनले महिला कैदीहरूको सुरक्षाका लागि कडा कदम उठाउनुपर्ने माग सामाजिक र मानव अधिकारकर्मीहरूले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु