२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

समयमै हवाई टिकट नपाएपछि गर्भमै शिशुको मृत्यु

२०८१, ५ मंसिर बुधबार १४:४७

हुम्ला | हवाई टिकटको अभावका कारण खार्पुनाथ गाउँपालिका-१, लाली गाउँकी २० वर्षीया शान्ती शाहीको शिशुको मृत्यु भएको छ। मङ्सिर २ गते सुत्केरी व्यथा लागेपछि शाहीलाई जिल्ला अस्पतालमा पुर्याइएपनि शिशुको उल्टो अवस्थाका कारण उनलाई सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको थियो।

जिल्ला अस्पतालले रिफर पत्रमा हवाई टिकटको व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको थियो। शाहीका श्रीमान सुरज शाही हवाई टिकटको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पुगे, तर प्रशासनले कुनै पहल नगरेको उनको गुनासो छ।

३ गते नेपालगञ्जबाट नेपाल एयरलाइन्स र तारा एयरले उडान भरेपनि दुईवटै एयरलाइन्सले इमर्जेन्सी टिकट उपलब्ध नगराएपछि शिशुको मृत्यु भएको शाहीले बताए।

जिल्ला अस्पताल कार्यालय प्रमुख प्रतिक्षा भारतीले गर्भवती महिलाको स्वास्थ्य जाँच गर्दा बच्चा उल्टो रहेको र जिल्लामा जोखिम मोल्न नसकिने भएपछि उनलाई रिफर गरिएको बताइन्। साथै, हुम्लामा ब्लड बैङ्क नहुनु र गर्भवती महिलाको ओ नेगेटिभ रक्तसमूह भएको कारण सुविधा सम्पन्न अस्पताल जान अनुरोध गरिएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले भने, गर्भवती महिलालाई उद्धार गर्न हवाई चार्टर गर्नुपर्ने भए पनि उक्त दिनमा टिकटको व्यवस्था हुन नसकेको बताएको छ। नेपाल सरकारले विगत लामो समयदेखि दुर्गम हिमाली जिल्लाहरूका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई लिफ्टिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, त्यो प्रभावकारी हुन सकेको छैन।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा