१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

धनुषामा स्कुल बसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु

६ मंसिर २०८१, बिहीबार १२:१४

जनकपुरधाम | धनुषाधाम नगरपालिकामा स्कुल बसको ठक्करबाट ३ वर्षीय बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाधाम नगरपालिका-३ निवासी सरोज शर्माकी छोरी मान्सी शर्मा रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिएका छन्।

आज बिहान धनुषाधाम नगरपालिका-३ मा सञ्चालित बाल आवासीय माध्यमिक विद्यालयको ना १ ख ९६९६ नम्बरको बसले बालिकालाई ठक्कर दिएको थियो। बस धनुषाधामको सर्साबाट विद्यार्थी लिन आउँदै गर्दा बाटोमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

प्रहरीले बस चालक ४२ वर्षीय उमेश कुमार साहलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु