२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक

२०८१, ६ मंसिर बिहीबार १३:२०

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत छनोट भई भिसा लागेका १,४०० नेपाली श्रमिक हवाई टिकट नपाउँदा कोरिया जानबाट रोकिएका छन्।

श्रमिकलाई टिकट उपलब्ध गराउने जिम्मा पाएको कोरियन एयरको जिएसए (जनरल सेल्स एजेण्ट) युनिभर्सल टुर एण्ड ट्राभलले टिकट उपलब्ध गराउन नसकेका कारण समस्या उत्पन्न भएको हो। यसले श्रमिकहरूको हवाई उडानमा बाधा पुर्‍याएको छ।

वैदेशिक रोजगार विभागको ईपीएस शाखाका प्रवक्ता कमलराज श्रेष्ठका अनुसार, धेरै संख्यामा भिसा जारी भएको र चाडपर्वको समयमा कामको चाप बढेकाले उडान प्रभावित भएको हो। उनले भने, “दसैं र तिहारको बीचमा धेरै श्रमिकको भिसा आएको हुँदा उडानमा समस्या भएको छ। हालसम्म डिसेम्बरमा ६५० जना श्रमिकको उडान तालिका तय भएको छ।”

कोरियन एयरले काठमाडौं–सिओलको सिधा उडान हप्तामा तीन पटकमात्र सञ्चालन गर्ने भएकाले समस्या झन् गम्भीर बनेको छ। कोरिया जाने श्रमिकले ट्रान्जिट उडान प्रयोग गर्न नपाउने भएकाले टिकट अभावले थप दबाब सिर्जना गरेको छ।

युनिभर्सल टुर एण्ड ट्राभलले श्रमिकलाई प्रति टिकट ८९५ अमेरिकी डलर (झण्डै १ लाख १९ हजार रुपैयाँ) को दरमा उडाउन टेन्डर पाएको भए पनि नियमित श्रमिकबाहेकलाई औसत १ लाख ५० हजार रुपैयाँमा टिकट बिक्री गरिरहेको बताइएको छ।

भिसा जारी भएको तीन महिनाभित्र श्रमिक कोरिया पुग्नुपर्ने कानुनी प्रावधान छ। प्रवक्ता श्रेष्ठले कोरिया जाने श्रमिकलाई समयमा उडाउन आवश्यक प्रक्रिया अघि बढाइएको र सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराइसकेको जानकारी दिए।

गत साउनदेखि कार्तिकसम्म ३,१७२ जना श्रमिक कोरिया पुगिसकेका छन्। हालसम्म उत्पादन क्षेत्रमा ८,१५१, कृषि क्षेत्रमा ८,५००, र पानीजहाज निर्माण क्षेत्रमा ४,००० जना गरी २०,६५१ जना रोष्टरको सूचीमा रहेका छन्। ती श्रमिकलाई रोजगारदाताले छनोट गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन