१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित

६ मंसिर २०८१, बिहीबार १३:३०

ढल्केवर (धनुषा) | महोत्तरीको पिपरा गाउँपालिका–३ शिव चोकस्थित पिपरेश्वरनाथ महादेव मन्दिरको शिवलिङ्ग अज्ञात समूहले भत्काएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन्।

जनकपुर–जलेश्वर सडक खण्ड अन्तर्गत रहेको मन्दिरमा गए राति भएको यो घटनाले हिन्दू धार्मिक समुदायमा आक्रोश फैलाएको छ। प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न ढिलाइ गरेको आरोप लगाउँदै स्थानीयले टायर बालेर तीन घन्टासम्म सडक अवरुद्ध गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले “हिन्दू राज्य कायम गर,” “दोषीलाई कारबाही गर,” र “जय श्रीराम” जस्ता नारा लगाएका थिए।

महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार, स्थानीयलाई सम्झाइ–बुझाइ सडक पुनः सञ्चालनमा ल्याइएको छ। “शिवलिङ्ग भत्काउने कार्यमा संलग्नहरूको पहिचान गर्न प्रहरी सक्रिय छ। दोषीलाई कारबाही गरिनेछ,” उनले भने।

स्थानीयले घटनामा संलग्न दोषीलाई चाँडै पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। यद्यपि अहिले अवस्था सामान्य रहेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु