२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित

२०८१, ६ मंसिर बिहीबार १३:३०

ढल्केवर (धनुषा) | महोत्तरीको पिपरा गाउँपालिका–३ शिव चोकस्थित पिपरेश्वरनाथ महादेव मन्दिरको शिवलिङ्ग अज्ञात समूहले भत्काएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन्।

जनकपुर–जलेश्वर सडक खण्ड अन्तर्गत रहेको मन्दिरमा गए राति भएको यो घटनाले हिन्दू धार्मिक समुदायमा आक्रोश फैलाएको छ। प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न ढिलाइ गरेको आरोप लगाउँदै स्थानीयले टायर बालेर तीन घन्टासम्म सडक अवरुद्ध गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले “हिन्दू राज्य कायम गर,” “दोषीलाई कारबाही गर,” र “जय श्रीराम” जस्ता नारा लगाएका थिए।

महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार, स्थानीयलाई सम्झाइ–बुझाइ सडक पुनः सञ्चालनमा ल्याइएको छ। “शिवलिङ्ग भत्काउने कार्यमा संलग्नहरूको पहिचान गर्न प्रहरी सक्रिय छ। दोषीलाई कारबाही गरिनेछ,” उनले भने।

स्थानीयले घटनामा संलग्न दोषीलाई चाँडै पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। यद्यपि अहिले अवस्था सामान्य रहेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा