२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए

२०८१, ९ मंसिर आईतवार १२:५५

काठमाडौं | सिनामङ्गलस्थित एक गेस्ट हाउसमा दम्पत्तीको शव झुन्डिएको अवस्थामा भेटिएको छ। सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी पत्नी २९ वर्षीया शर्मिला माझी शनिबार गेस्ट हाउसमा कोठा लिएर बसेका थिए।

शनिबार मात्रै क्यानडाबाट फर्किएका उनीहरू दुई वर्षपछि नेपाल आएका थिए। गेस्ट हाउसको चौथो तलाको कोठा नम्बर १२० मा उनीहरूको शव आइतबार बिहान फेला परेको हो। आत्महत्याको कारण पारिवारिक विवाद हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

उनीहरू काठमाडौं महानगरपालिका–९, सिनामङ्गलस्थित प्रकाश सन्यास आश्रम जाने बाटोमा रहेको पाँच तले पर्शुराम आचार्यको घरमा रामजी कटुवालले सञ्चालित ‘जन्मभूमि गेस्ट हाउस’ मा बसेका थिए।

गेस्ट हाउसको दर्ता किताबमा दम्पत्तीले शनिबार मात्र कोठा लिएको पुष्टि भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सन् २०२२ मा क्यानडा गएका रमेश र शर्मिला दुई वर्षपछि नेपाल फर्केका थिए। प्रारम्भिक अनुसन्धानले उनीहरूबीचको पारिवारिक तनाव नै यो घटनाको मुख्य कारण हुन सक्ने आशंका गरिएको छ।

घटनास्थलमा प्रहरी पुगेको र मृतकहरूको शव पोस्टमार्टमका लागि पठाइएको छ। आत्महत्याको कारण खुलाउन प्रहरीले मृतकका परिवारसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य