१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु

१० मंसिर २०८१, सोमबार ११:५४

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ भीमामा कारले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

मदन भण्डारी राजमार्ग अन्तर्गत गाइघाट–चतरा सडकखण्डमा आइतबार बिहान तीव्र गतिमा हुइकिएको निसान म्याग्नाइट कारले घरमै बसेकी ४५ वर्षीया कमला चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा कार चालक र गाडीमा सवार अर्का यात्रु पनि घाइते भएका छन्। प्रहरीका अनुसार घुमाउरो सडकमा तीव्र गतिका कारण कार अनियन्त्रित भई चौधरीको घरमा ठोक्किएको थियो।

घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु