२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु

२०८१, १० मंसिर सोमबार ११:५४

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ भीमामा कारले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

मदन भण्डारी राजमार्ग अन्तर्गत गाइघाट–चतरा सडकखण्डमा आइतबार बिहान तीव्र गतिमा हुइकिएको निसान म्याग्नाइट कारले घरमै बसेकी ४५ वर्षीया कमला चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा कार चालक र गाडीमा सवार अर्का यात्रु पनि घाइते भएका छन्। प्रहरीका अनुसार घुमाउरो सडकमा तीव्र गतिका कारण कार अनियन्त्रित भई चौधरीको घरमा ठोक्किएको थियो।

घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु