२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना

२०८१, ११ मंसिर मंगलवार १५:१५

काठमाडौं | काठमाडौं महानगरपालिकाले घरको फोहोर सडकमा थुपार्ने एक जना व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

घरको फोहोर सडकमा फोहोर फ्याँकेपछि काठमाडौं महानगरपालिकाले सहर सफाइ अभियानलाई तीव्र बनाउँदै जथाभावी फोहोर फ्याँक्नेलाई कारबाही गर्न सुरु गरेको हो। उक्त घटनामा महानगरपालिकाले कुलेश्वर निवासी कुवेर थापालाई १० हजार रुपैयाँ जरिवाना गरेको हो।

यसअघि, सोमबार वडा नम्बर ४ स्थित मानश्री मार्ग निवासी स्वेता शाहलाई सडकमा पानी हालेर हिलो बनाएको आरोपमा २५ हजार रुपैयाँ जरिवाना तिराइएको थियो।

महानगरपालिकाले सहरभित्र मापदण्डविपरीत संरचना निर्माण, जथाभावी फोहोर फ्याँक्ने, र सार्वजनिक स्थलहरू दुर्व्यवस्थित बनाउनेहरूमाथि कडा कारबाही गर्ने अभियान चलाइरहेको छ।

गत शुक्रबार, दरबारमार्ग क्षेत्रमा आयोजित कार्यक्रममा फोहोर गरेको भन्दै सत्तारुढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरिएको थियो। तर, एमालेले उक्त जरिवाना तिर्न अस्वीकार गर्दै, मेयर बालेन्द्र साहले योजनाबद्ध रूपमा पार्टीको बदनाम गर्न खोजेको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु