८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना

११ मंसिर २०८१, मंगलवार १५:१५

काठमाडौं | काठमाडौं महानगरपालिकाले घरको फोहोर सडकमा थुपार्ने एक जना व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

घरको फोहोर सडकमा फोहोर फ्याँकेपछि काठमाडौं महानगरपालिकाले सहर सफाइ अभियानलाई तीव्र बनाउँदै जथाभावी फोहोर फ्याँक्नेलाई कारबाही गर्न सुरु गरेको हो। उक्त घटनामा महानगरपालिकाले कुलेश्वर निवासी कुवेर थापालाई १० हजार रुपैयाँ जरिवाना गरेको हो।

यसअघि, सोमबार वडा नम्बर ४ स्थित मानश्री मार्ग निवासी स्वेता शाहलाई सडकमा पानी हालेर हिलो बनाएको आरोपमा २५ हजार रुपैयाँ जरिवाना तिराइएको थियो।

महानगरपालिकाले सहरभित्र मापदण्डविपरीत संरचना निर्माण, जथाभावी फोहोर फ्याँक्ने, र सार्वजनिक स्थलहरू दुर्व्यवस्थित बनाउनेहरूमाथि कडा कारबाही गर्ने अभियान चलाइरहेको छ।

गत शुक्रबार, दरबारमार्ग क्षेत्रमा आयोजित कार्यक्रममा फोहोर गरेको भन्दै सत्तारुढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरिएको थियो। तर, एमालेले उक्त जरिवाना तिर्न अस्वीकार गर्दै, मेयर बालेन्द्र साहले योजनाबद्ध रूपमा पार्टीको बदनाम गर्न खोजेको आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता