८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालीमाटीमा मृत भेटिएकी महिलाको पोस्टमार्टम रिपोर्ट सार्वजनिक, ‘डिजिज अफ द लिभर’ को कारण मृत्यु

१३ मंसिर २०८१, बिहीबार ११:५२

काठमाडौँ | कालीमाटीको सङ्गीत मार्गमा मृत फेला परेकी ४५ वर्षीया जानुका सुर्खेतीको पोस्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ। त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकका अनुसार उनको मृत्यु लिभरको समस्याका कारण भएको देखिएको छ। पोस्टमार्टम रिपोर्टले मृत्युको कारण ‘डिजिज अफ द लिभर’ भएको उल्लेख गरेको छ।

सुर्खेतीको शव फेला परेको दिन २२ वर्षीय कवीन्द्र बोहरा पक्राउ परेका थिए। बझाङ घर भएका बोहराले मृतकको शव काँधमा बोकेर सडकमा फालेको स्वीकार गरेका छन्। उनीमाथि प्रहरी वृत्त कालीमाटीले अनुसन्धान गरिरहेको छ।

लागुऔषध दुव्र्यसनीका कारण प्रहरीको निगरानीमा रहेका बोहरालाई घटनास्थलको सीसीटीभी फुटेजमा देखिएको चप्पलको आधारमा पहिचान गरिएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार फुटेजमा देखिएको चप्पल र बोहराको चप्पल उस्तै देखिएपछि उनलाई पक्राउ गरिएको थियो।

कवीन्द्र बोहराले यसअघि १० पटक विभिन्न अपराधका लागि पक्राउ परेका थिए। अभद्र व्यवहार, चोरी, डाँका, र अन्य अपराधमा संलग्न भएको विवरण उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको छ।

२०८१ कार्तिकमा उनलाई चोरी तथा डाँका मुद्दामा पक्राउ गरिएको थियो भने यसै वर्ष वैशाख र भदौमा उनी अभद्र व्यवहारको कसुरमा फसेका थिए।

बोहराले जानुका सुर्खेतीको शव बोकेको स्वीकार गरे पनि हत्या आरोप अस्वीकार गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता