२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाराका क्याम्पस प्रमुख कुशवाहाको हत्याका मुख्य आरोपी सात महिनापछि पक्राउ

१३ मंसिर २०८१, बिहीबार १२:३३

बारा | रामराजा बहुमुखी क्याम्पस, बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपी सुरेन्द्रप्रसाद कुशवाहालाई प्रहरीले सात महिनापछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, बाराले बिहीबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो।

गत ३२ जेठमा बाराको आदर्शकोतवाल गाउँपालिका–३, बतरामा कुशवाहामाथि गोली प्रहार भएको थियो। प्रारम्भिक अनुसन्धानका अनुसार, जग्गासम्बन्धी विवादका कारण सुरेन्द्रले गोली हानेको खुलासा भएको छ। गम्भीर घाइते अवस्थामा बयोधा अस्पताल, वीरगञ्जमा उपचारका क्रममा कुशवाहाको मृत्यु भएको थियो। मृत्यु हुनु अघि कुशवाहाले आफूमाथि सुरेन्द्रले गोली प्रहार गरेको बताएका थिए।

प्रहरीका अनुसार, मुख्य आरोपी सुरेन्द्र कुशवाहा नेपाली सेनाका भगौडा हुन्। २०६० सालमा सेना भर्ना भएका उनी २०७० सालमा जागिर छाडेर भागेका थिए। त्यसपछि उनले गाउँमा ऋण लगानी गर्ने, ऋण असुली गरिदिने, डरधम्की दिने र पंचायती गराउने जस्ता अवैध गतिविधि गर्दै आएका थिए।

घटनामा प्रयोग भएका दुईवटा पेस्तोल, सात राउण्ड गोली, चारवटा मोटरसाइकल, चारवटा मोबाइल, दुईवटा ल्यापटप, र सातवटा सिमकार्ड प्रहरीले बरामद गरेको छ।

प्रहरीको अनुसन्धान अनुसार हत्या घटनामा १७ जनाको संलग्नता रहेको छ। सुरेन्द्रसहित चन्द्रमणि कुशवाहा, चाँदशीप्रसाद कुशवाहा, सुमेदकुमार कुश्वाहा, विनोद राउत कुर्मी, राधेस कुमार पटेललगायतलाई पक्राउ गरिएको थियो। तीमध्ये केही धरौटीमा छुटेका छन् भने आठजना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

घटनापछि फरार भएका सुरेन्द्र भारतका विभिन्न स्थानमा लुकेर बसेका थिए। प्रहरीले मोरङबाट उनलाई पक्राउ गरी बारामा ल्याएको हो। सुरेन्द्रमाथि ज्यान मुद्दा र हातहतियार खरखजना सम्बन्धी कसुरमा कानूनी प्रक्रिया अगाडि बढाइएको बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए।

प्रहरीले हत्या घटनासम्बन्धी विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ। कुशवाहा हत्याकाण्डले बाराका स्थानीय क्षेत्र र शैक्षिक क्षेत्रलाई स्तब्ध बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने नेवार समुदायले मनाउँदै ‘यमरी पुन्ही’, लोप हुँदै मल्लकालीन परम्परा एनपिएलः पोखरा टस जितेर बलिङमा धोबी खोलामा साइकलसहित शव भेटियो छतबाट खसेर किशोरीको मृत्यु