२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईंले लरेन्स विश्वोईको नाममा व्यवसायी धम्क्याउन सहयोगी खटाउने गरेको खुलासा

२०८१, १४ मंसिर शुक्रबार १७:१२

काठमाडौँ | भारतीय आपराधिक समूह लरेन्स विश्वोईको सदस्य भन्दै नेपाली व्यवसायीहरूलाई धम्की दिने दुर्गा प्रसाईंका निकट सहयोगी रहेको खुलेको छ ।

विश्वईको सदस्य भन्दै भारतीय नम्बरबाट नेपाली व्यवसायीलाई फोन गरी आपराधिक लाभ लिन खोजेको आरोपमा प्रहरीले प्रसाईंका सहयोगीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका १३ बस्दै आएका ३६ वर्षीय हरिशचन्द्र फुयाँल रहेका छन्। पाँचथर साबिक मौवा गाविसका फुयाँल आफूलाई नवीन प्रधान भनेर चिनाउने गरेका थिए।


केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार फुयाँललाई चारआलीबाटै पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

‘फोन र म्यासेज दुवैबाट आफू भारतीय आपराधिक समूह लरेन्स विश्वोइको सदस्य हुँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग तुरुन्त माफी माग्नु, अन्यथा ज्यानसमेत लिने’ भन्दै फुयाँलले व्यवसायीहरूलाई आतंकित पार्ने गरेका थिए। साथै व्यवसायीसँग आपराधिक लाभ लिन खोजेका थिए।

मेडिकल व्यवसायी साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ परेपछि व्यवसायीहरूले विश्वोई समूहको सदस्य भन्दै धम्की आउने गरेको गुनासो ब्युरोमा गरेका थिए।

पक्राउ परेका फुयाँलले आफूले उक्त कार्य दुर्गा प्रसाईंकै निर्देशनमा गरेको बयान प्रहरीलाई दिएका छन्।

बोगटीका अनुसार अहिलेसम्म फुयाँलविरूद्ध तीन वटा उजुरी ब्युरोमा परेको छ। उनले अन्य धेरै व्यवसायीलाई फोन गर्ने गरेको थाहा भएको बोगटीले बताए।

फुयाँलविरूद्ध आपराधिक लाभ लिन नहुने कसुर मुद्दा आकर्षित गरी अनुसन्धान थालिएको छ। काठमाडौँ जिल्ला अदालतले फुयाँललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई शुक्रबार अनुमति दिएको छ।

विवादास्पद व्यवसायी प्रसाईं प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा अर्बौं रकम लगानी गरेको आधारहीन कागजात सार्वजनिकपछि पक्राउ परेका थिए। उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु