८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्गा प्रसाईंले लरेन्स विश्वोईको नाममा व्यवसायी धम्क्याउन सहयोगी खटाउने गरेको खुलासा

१४ मंसिर २०८१, शुक्रबार १७:१२

काठमाडौँ | भारतीय आपराधिक समूह लरेन्स विश्वोईको सदस्य भन्दै नेपाली व्यवसायीहरूलाई धम्की दिने दुर्गा प्रसाईंका निकट सहयोगी रहेको खुलेको छ ।

विश्वईको सदस्य भन्दै भारतीय नम्बरबाट नेपाली व्यवसायीलाई फोन गरी आपराधिक लाभ लिन खोजेको आरोपमा प्रहरीले प्रसाईंका सहयोगीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका १३ बस्दै आएका ३६ वर्षीय हरिशचन्द्र फुयाँल रहेका छन्। पाँचथर साबिक मौवा गाविसका फुयाँल आफूलाई नवीन प्रधान भनेर चिनाउने गरेका थिए।


केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार फुयाँललाई चारआलीबाटै पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

‘फोन र म्यासेज दुवैबाट आफू भारतीय आपराधिक समूह लरेन्स विश्वोइको सदस्य हुँ, मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग तुरुन्त माफी माग्नु, अन्यथा ज्यानसमेत लिने’ भन्दै फुयाँलले व्यवसायीहरूलाई आतंकित पार्ने गरेका थिए। साथै व्यवसायीसँग आपराधिक लाभ लिन खोजेका थिए।

मेडिकल व्यवसायी साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ परेपछि व्यवसायीहरूले विश्वोई समूहको सदस्य भन्दै धम्की आउने गरेको गुनासो ब्युरोमा गरेका थिए।

पक्राउ परेका फुयाँलले आफूले उक्त कार्य दुर्गा प्रसाईंकै निर्देशनमा गरेको बयान प्रहरीलाई दिएका छन्।

बोगटीका अनुसार अहिलेसम्म फुयाँलविरूद्ध तीन वटा उजुरी ब्युरोमा परेको छ। उनले अन्य धेरै व्यवसायीलाई फोन गर्ने गरेको थाहा भएको बोगटीले बताए।

फुयाँलविरूद्ध आपराधिक लाभ लिन नहुने कसुर मुद्दा आकर्षित गरी अनुसन्धान थालिएको छ। काठमाडौँ जिल्ला अदालतले फुयाँललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई शुक्रबार अनुमति दिएको छ।

विवादास्पद व्यवसायी प्रसाईं प्रधानमन्त्री केपी ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा अर्बौं रकम लगानी गरेको आधारहीन कागजात सार्वजनिकपछि पक्राउ परेका थिए। उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता