२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

असईद्वारा आफैंमाथि गोली प्रहार: ४ वर्षअघि इन्सपेक्टरलाई पनि ताकेका थिए पेस्तोल

२०८१, १४ मंसिर शुक्रबार १७:४७

अछाम | अछाममा बिहीबार राति आफैंमाथि गोली प्रहार गरेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दको विगतमा विवादास्पद घटना भएको खुलेको छ। उनी चार वर्षअघि कैलालीमा कार्यरत रहँदा मदिरा सेवन गरेर प्रहरी निरीक्षक लक्ष्मीराज जोशीलाई पेस्तोल ताकेका थिए।

२०७६/७७ को कोरोना महामारीको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत चन्दले आफ्ना कमान्डरसमेत रहेका निरीक्षक जोशीमाथि पेस्तोल ताकेपछि यो घटना प्रहरी वृत्तभित्र चर्चाको विषय बनेको थियो। उक्त घटनापछि जिल्ला प्रहरी कार्यालयले उनलाई कारबाहीको तयारी गरे पनि चन्द र उनका परिवारले निरीक्षक जोशीसँग माफी माग्दै त्यस्तो घटना पुनः नदोहोर्‍याउने प्रतिबद्धता जनाएपछि कारबाही रोकिएको थियो।

यो घटनाको चार वर्षपछि बिहीबार राति अछामको तुर्माखाद गाउँपालिका–३ स्थित भैरवस्थान प्रहरी चौकीका इन्चार्ज रहेका चन्दले आफैंमाथि पेस्तोलले बाँया छातीमा गोली प्रहार गरेका छन्। गोली लागेर घाइते भएका चन्दलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको छ।

घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन