१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

असईद्वारा आफैंमाथि गोली प्रहार: ४ वर्षअघि इन्सपेक्टरलाई पनि ताकेका थिए पेस्तोल

१४ मंसिर २०८१, शुक्रबार १७:४७

अछाम | अछाममा बिहीबार राति आफैंमाथि गोली प्रहार गरेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दको विगतमा विवादास्पद घटना भएको खुलेको छ। उनी चार वर्षअघि कैलालीमा कार्यरत रहँदा मदिरा सेवन गरेर प्रहरी निरीक्षक लक्ष्मीराज जोशीलाई पेस्तोल ताकेका थिए।

२०७६/७७ को कोरोना महामारीको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत चन्दले आफ्ना कमान्डरसमेत रहेका निरीक्षक जोशीमाथि पेस्तोल ताकेपछि यो घटना प्रहरी वृत्तभित्र चर्चाको विषय बनेको थियो। उक्त घटनापछि जिल्ला प्रहरी कार्यालयले उनलाई कारबाहीको तयारी गरे पनि चन्द र उनका परिवारले निरीक्षक जोशीसँग माफी माग्दै त्यस्तो घटना पुनः नदोहोर्‍याउने प्रतिबद्धता जनाएपछि कारबाही रोकिएको थियो।

यो घटनाको चार वर्षपछि बिहीबार राति अछामको तुर्माखाद गाउँपालिका–३ स्थित भैरवस्थान प्रहरी चौकीका इन्चार्ज रहेका चन्दले आफैंमाथि पेस्तोलले बाँया छातीमा गोली प्रहार गरेका छन्। गोली लागेर घाइते भएका चन्दलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको छ।

घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार