२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ममताको हत्या गरेर शव लुकाएको आरोपमाथि अमेरिकामा बहस, कोठामा भेटिएको रगत ममताको नै भएको पुष्टि

१८ मंसिर २०८१, मंगलवार १३:४७

काठमाडौँ | नरेश भट्टमाथि श्रीमती ममता काफ्लेको हत्या गरेर शव लुकाएको आरोप लागेको छ । भूतपूर्व अमेरिकी सैनिक नरेशले आफ्नी श्रीमती ममताको गएको जुलाई अन्तिममा हत्या गरेर शव लुकाएको आरोपमा अब अदालतमा बहस हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

सोमबार उनीमाथि हत्या र शव लुकाएको अभियोग लागेको हो । यो बहसका क्रममा ममताकी आमा गीता पनि अदालतमा उपस्थित थिइन् । ३७ वर्षीय नरेशले ममताको हत्या ३० जुलाईतिर गरेको मानसास पार्क प्रहरीको भनाइ छ ।

मानसास पार्क प्रहरी प्रमुख मारियो लुगोका अनुसार ममताको कोठामा फेला परेको रगतको डीएनए जाँच गरिएको थियो । जाँचमा उक्त रगत ममताको नै भएको पुष्टि भयो । प्रहरी प्रमुखले भने, “सुरुआतदेखि नै हामीलाई उनको हत्या भएको शंका लागेकाे थियो । यो कुरा डीएनए जाँच र अरु प्रमाणबाट पुष्टि भएको छ ।”

ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने अझै भेटिएको छैन । प्रहरीले शवको खोजी निरन्तर जारी राख्ने बताएको छ ।

ममता प्रिन्स विलयम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन् । उनी अन्तिमपटक २७ जुलाईमा अफिस पुगेकी थिइन् । लामो समय अफिस नआएपछि उनका सहकर्मीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी २ अगष्टमा ममताको घर पुगेको थियो ।

प्रहरीले ममतालाई फेला नपारेपछि उनका श्रीमान् नरेशसँग सोधपुछ गरेको थियो । नरेशले पनि ममतालाई अन्तिमपटक ३१ जुलाईमा भेटेको बताएका थिए । प्रारम्भिक अनुसन्धानपछि ममतालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई २२ अगष्टमा पक्राउ गरेको थियो । त्यसयता नरेश प्रहरी हिरासतमा छन् । लामो अनुसन्धानपछि नरेशले नै ममताको हत्या गरेर शव लुकाएको प्रमाण अदालतमा पेस गरेको छ ।

प्रहरीका अनुसार, नरेशले गुगलमा ‘श्रीमती मरेको कति समयपछि विवाह गर्न पाइन्छ ?’ ‘भर्जिनिया राज्यमा श्रीमती हराएमा के कानुन छ ?’ भनेर सर्च गरेका थिए । यसबाहेक उनले वालमार्टबाट तीन वटा चक्कु र घर सरसफाइ गर्ने प्रशस्तै सामान खरिद गरेको प्रमाण प्रहरीले संकलन गरेको छ ।

हत्या र शवको बेपत्ता गरेको अभियोग लागेका नरेशलाई मंगलबार अदालतमा पेस गरिँदैछ । नरेश र ममताको एक वर्षीया छोरी छिन् । अमेरिकामा रहेकी ममताकी आमाले अदालतबाहिर पत्रकारसँग विलौना गर्दै भनेकी छन्, “मेरो मुटु दुःखेको छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो