काठमाडौँ | जापानले भिसाको म्याद सकिएर पनि गैरकानुनी रूपमा लुकीछिपी बसिरहेका दुई नेपालीलाई देशबाट निष्काशन गरेको छ। निष्काशित हुनेमा नुतन गिरी र धनप्रसाद बुढा रहेका छन्।
त्यहाँको अध्यागमनले उनीहरूलाई पक्राउ गरी थाई एयरको उडानमार्फत नेपाल फर्काएको हो। उनीहरू केही दिनअघि काठमाडौं आइपुगेका छन्।
टोकियोमा कार्यरत एक नेपालीका अनुसार जापानको अध्यागमनले अहिले गैरकानुनी रूपमा लुकीछिपी बसिरहेका विदेशीहरूलाई नियन्त्रणमा लिने अभियान थालेको छ।
उनका अनुसार गैरकानुनी रूपमा काम गरिरहेका नेपालीहरू पनि जापानको अध्यागमनको खोजी सूचीमा परेका छन्।