२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नुवाकोटमा २ छोरासहित युवतीको मृत्यु: परपुरुषसँग लागेको भन्दै श्रीमानले गर्थे कुटपिट

२४ मंसिर २०८१, सोमबार १५:०४

नुवाकोट | नुवाकोटको किस्पाङ गाउँपालिका-१ भाल्चेमा २३ वर्षीया चन्दीमाया तामाङ आफ्ना दुई नाबालक छोरासहित मृत अवस्थामा फेला परेकी थिइन्। आइतबार बिहान श्रीमान् रेसबहादुरसँगको विवादपछि चन्दीमायाले आत्महत्या गरेकी हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

चन्दीमायाका आफन्तले उनी र उनका श्रीमान् रेसबहादुरबीच अक्सर घर झगडा हुने गरेको बताएका छन्। आइतबार बिहान पनि उनीहरूबीच विवाद भएको थियो। विवादकै क्रममा रेसबहादुरले चन्दीमायालाई थप्पड हानेको स्वीकार गरेका छन्।

वडाध्यक्ष पशुपति घलेका अनुसार रेसबहादुरले चन्दीमायालाई परपुरुषसँगको सम्बन्धको आरोप लगाउँदै कुटपिट गर्ने गरेका थिए। आइतबार पनि सोही कारण झगडा भएको थियो।

झगडापछि रेसबहादुर बारीमा केराउ टिप्न गएको समयमा चन्दीमायाले आफ्नी ठूलीआमालाई फोन गरी आफूलाई कुटपिट भएको बताउँदै अब बाँच्न नसक्ने र सन्तानलाई पनि साथमा लैजाने कुरा गरेकी थिइन्। त्यसपछि फोन काटेकी उनले अर्को फोन उठाइनन्।

चन्दीमायाका दाजु नाता पर्ने छेउका चोक्ता तामाङले फोनमा सुनेपछि घर पुगे। ढोका भित्रबाट बन्द भएकाले झ्यालबाट हेर्दा चन्दीमायालाई झुन्डिएको देखे। ढोका फोरेर छिर्दा चन्दीमाया र उनका दुई छोराको शव भेटियो।

जेठो छोरा रोशन (५ वर्ष) र कान्छो छोरा रोहन (३ वर्ष) पनि झुन्डिएको अवस्थामा थिए। चन्दीमाया बलोमा झुन्डिएकी थिइन् भने छोरा अलग–अलग बलोमा झुन्डिएका थिए।

घटनास्थलमा पुगेको प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिशूली अस्पताल पठाएको छ। श्रीमान् रेसबहादुरसहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डीएसपी तिलक भारतीका अनुसार, यो घटना हत्या वा आत्महत्या हो भन्ने अझै स्पष्ट भइसकेको छैन। प्रारम्भिक रूपमा चन्दीमायाले आफ्ना सन्तानलाई मारेपछि आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, पोष्टमार्टम रिपोर्टपछि मात्र वास्तविकता पत्ता लाग्नेछ।

स्थानीयका अनुसार चन्दीमाया र रेसबहादुरको ६ वर्षअघि प्रेम विवाह भएको थियो। तर, पछिल्लो समय उनीहरूबीच घरेलु कलह हुने गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी