२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

नाबालिग बलात्कार गरेको आरोपमा एमालेका पूर्वमेयर शिवाकोटी पक्राउ

२०८१, २५ मंसिर मंगलवार १५:०१

काठमाडौं | झापाको बिर्तामोड नगरपालिका नेकपा एमालेका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्रउ परेका छन् ।

घरेलु कामदारको रूपमा राखिएकी नाबालिगलाई पटक पटक बलातत्कार गरेको आरोपमा उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

ती नाबालिगको उमेर प्रहरीले खुलाएको छैन । तर उनी १७ वर्षकी रहेको जानकारी आएको छ ।

प्रहरीका अनुसार नाबालिगका बुवाआमा दुवै साथमा थिएनन् । शिवाकोटीले पढाइदिने सर्तमा उनलाई राखेका थिए ।

ती नाबालिगलाई कलेज ड्रेसमै काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा नियन्त्रणमा लिइएको थियो ।

त्यसपछि बुझ्दा उनले आफूलाई पूर्वमेयर शिवाकोटीले करणी गरेको बयान प्रहरीलाई दिएकी थिइन् । उनकी आमा भारतमा भएकाले त्यहाँ जान लागेको उनले प्रहरीलाई बताइन ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि करणी आरोपको विषयमा अनुसन्धान भइरहेको जनाएका छन् ।

शिवाकोटी २०७४ सालमा नेकपा एमालेको तर्फबाट बिर्तामोड नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन