४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

बारपाककी सुचिनाको हत्या : हत्याको १० दिनपछि पक्राउ परे गाउँकै मनशमशेर गुरुङ

२५ मंसिर २०८१, मंगलवार १८:०१

गोरखा | बारापाक सुलिकोट गाउँपालिका-१ निवासी १८ वर्षीया सुचिना घलेको हत्या गरेको अभियोगमा गाउँकै ४३ वर्षीय मनशमशेर गुरुङलाई पक्राउ गरेर सार्वजनिक गरिएको छ ।

सुचिनाको हत्यापछि नियन्त्रणमा लिएर सोधपुछ गरिएका करिब ५० जनामध्ये गुरूङ एक्लैले सुचिनाको हत्या गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र सुवेदी नेतृत्वको टोलीले गत मंसिर १८ गते बारापाक सुलिकोट गाउँपालिका-१ स्थित मैखर्कमा खाडलभित्र शव भेटिएको प्रकरणलाई एक साताको मिहिनेतपछि निष्कर्षमा पुर्‍याएको हो ।

प्रहरीले घटनाको नवौँ दिनमा आइतबार राति गुरुङलाई पक्राउ गरेसँगै यो हत्याकाण्डको गुत्थी पनि समाधान भएको छ । मंसिर १५ गते घाँस काट्न घरबाट निस्किएदेखि उनी बेपत्ता थिइन् ।

घटनालगत्तै बारपाकमै बसेर अनुसन्धानमा केन्द्रित प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवेदी नेतृत्वको टोलीले गुरुङको घरबाट उनले घटना सकारेको तथ्य पनि फेला पारेको छ ।

घटनास्थलमा भेटिएको टोपी र डोकोसँगको सम्बन्ध केलाउँदै जाँदा प्रहरीले गुरुङलाई समात्न सफल भएको हो । डीएसपी सुवेदीका अनुसार गुरुङले जंगलमा एक्लै देखेपछि सुचिनालाई बलात्कार गर्न खोजेका थिए । तर उनले प्रतिकार गरेपछि हत्या गरेर खाडलमा पुरेको पनि स्विकारेको सुवेदीले बताएका छन् ।

‘सोधपुछका क्रममा उक्त घटना आफूले नै गराएको भनेर लेखेको कागज पनि गुरुङको घरको दराजबाट बरामद भएको छ । घर खानतलासी गर्दा दराजमा ‘मेरो बयान’ शीर्षकमा ‘मबाट कुनै निर्दोष नारीको ज्यान गयो भन्ने व्यहोरा लेखिएको कागज बरामद भएको छ’, सुवेदीले भने, ‘अन्तिममा मन सम्शेर नाम लेखी हस्ताक्षर तथा औँठा छापसमेत लगाई राखेको एक पाना नोट फेला परेको छ । जुन प्रहरीको अनुसन्धानको महत्वपूर्ण भौतिक सबुत प्रमाण हो ।’

सुचिना गत मंसीर १५ गतेदेखि हराइरहेकी थिइन् । बेपत्ता भएपछि खोजतलास गर्दा उनको शव मंसीर १८ गते बारपाक सुलिकोट-१ स्थित मैखर्कमा खाल्डोभित्र भेटिएको थियो ।

अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा राखिएको छ । घटनामा संलग्नलाई कारबाही माग गर्दै आफन्तले शव बुझ्न नमानेपछि शिक्षण अस्पतालमै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ