Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

बारपाककी सुचिनाको हत्या : हत्याको १० दिनपछि पक्राउ परे गाउँकै मनशमशेर गुरुङ

२०८१, २५ मंसिर मंगलवार १८:०१

गोरखा | बारापाक सुलिकोट गाउँपालिका-१ निवासी १८ वर्षीया सुचिना घलेको हत्या गरेको अभियोगमा गाउँकै ४३ वर्षीय मनशमशेर गुरुङलाई पक्राउ गरेर सार्वजनिक गरिएको छ ।

सुचिनाको हत्यापछि नियन्त्रणमा लिएर सोधपुछ गरिएका करिब ५० जनामध्ये गुरूङ एक्लैले सुचिनाको हत्या गरेको तथ्य प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र सुवेदी नेतृत्वको टोलीले गत मंसिर १८ गते बारापाक सुलिकोट गाउँपालिका-१ स्थित मैखर्कमा खाडलभित्र शव भेटिएको प्रकरणलाई एक साताको मिहिनेतपछि निष्कर्षमा पुर्‍याएको हो ।

प्रहरीले घटनाको नवौँ दिनमा आइतबार राति गुरुङलाई पक्राउ गरेसँगै यो हत्याकाण्डको गुत्थी पनि समाधान भएको छ । मंसिर १५ गते घाँस काट्न घरबाट निस्किएदेखि उनी बेपत्ता थिइन् ।

घटनालगत्तै बारपाकमै बसेर अनुसन्धानमा केन्द्रित प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवेदी नेतृत्वको टोलीले गुरुङको घरबाट उनले घटना सकारेको तथ्य पनि फेला पारेको छ ।

घटनास्थलमा भेटिएको टोपी र डोकोसँगको सम्बन्ध केलाउँदै जाँदा प्रहरीले गुरुङलाई समात्न सफल भएको हो । डीएसपी सुवेदीका अनुसार गुरुङले जंगलमा एक्लै देखेपछि सुचिनालाई बलात्कार गर्न खोजेका थिए । तर उनले प्रतिकार गरेपछि हत्या गरेर खाडलमा पुरेको पनि स्विकारेको सुवेदीले बताएका छन् ।

‘सोधपुछका क्रममा उक्त घटना आफूले नै गराएको भनेर लेखेको कागज पनि गुरुङको घरको दराजबाट बरामद भएको छ । घर खानतलासी गर्दा दराजमा ‘मेरो बयान’ शीर्षकमा ‘मबाट कुनै निर्दोष नारीको ज्यान गयो भन्ने व्यहोरा लेखिएको कागज बरामद भएको छ’, सुवेदीले भने, ‘अन्तिममा मन सम्शेर नाम लेखी हस्ताक्षर तथा औँठा छापसमेत लगाई राखेको एक पाना नोट फेला परेको छ । जुन प्रहरीको अनुसन्धानको महत्वपूर्ण भौतिक सबुत प्रमाण हो ।’

सुचिना गत मंसीर १५ गतेदेखि हराइरहेकी थिइन् । बेपत्ता भएपछि खोजतलास गर्दा उनको शव मंसीर १८ गते बारपाक सुलिकोट-१ स्थित मैखर्कमा खाल्डोभित्र भेटिएको थियो ।

अहिले उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा राखिएको छ । घटनामा संलग्नलाई कारबाही माग गर्दै आफन्तले शव बुझ्न नमानेपछि शिक्षण अस्पतालमै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश