असार २३, धादिङ । पुरुषले जस्तै गाह्रो काम गर्न महिलाहरुले पनि सक्छन् भन्ने कुरा प्रमाणित गरिदिएका छन् धादिङका महिलाहरुले ।

बेनिघाट रोरांग  नगरपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २३, धादिङ । पुरुषले जस्तै गाह्रो काम गर्न महिलाहरुले पनि सक्छन् भन्ने कुरा प्रमाणित गरिदिएका छन् धादिङका महिलाहरुले ।

बेनिघाट रोरांग  नगरपाल"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङका महिलाहरु आफैँ लागे भूकम्प प्रतिरोधी घर बनाउन

२३ असार २०७४, शुक्रबार ०२:३४


असार २३, धादिङ । पुरुषले जस्तै गाह्रो काम गर्न महिलाहरुले पनि सक्छन् भन्ने कुरा प्रमाणित गरिदिएका छन् धादिङका महिलाहरुले ।

बेनिघाट रोरांग  नगरपालिका वडा नम्वर ९ र १० (साविकको जोगीमारा गाविस)का महिलाहरु आफ्नै हातले सुरक्षित घर बनाउन उत्साहित भएका छन् । घर बनाउन प्राय पुरुषहरु नै अब्बल देखिन्छन् तर महिलाले पनि घर बनाउने काम गर्न सक्छन् भन्ने कुरा उनीहरुले प्रमाणित गरिदिएका छन् ।

गरिवी निवारण कोषद्धारा सन्चालित भुकम्प प्रभावित समुदायको लागी पुनर्निमाण तथा पुनरस्थापना सहयोग कार्यक्रमको सहयोगमा समग्र विकास सेवा केन्द्र, धादिंगको ब्यवस्थापनमा सन्चालन भईरहेको डकर्मी तालिम लिएपछि उनीहरुमा थप उत्साह छाएको छ । 

हामी घरको काममा मात्रै सिमित थियौँ तर गाउँमा नै डकर्मी तालिम लिन पाएपछि घर बनाउने काम गर्न थालेकी छु । होम कुमारी चेपांगले सुनाइन् ।  उनी मात्र होइन सुकमाया चेपांग र सोमाया  चेपांगले तालिम लिई घर बनाउने काम गरिरहेका छन् । तिनैजनाले आफैले कमाएर जिबिको पार्जन गर्दै बालबच्चा हुर्काउदै आई रहेका छन् ।

अहिले बेनिघाट रोरांग गाउपालिका वाड न ९ र १० का बिभिन्न  २२ वटा सामुदायिक संस्थाका गरी २५ (पुरुष २० जना र महिला ५ जना) ले तालिम लिई रहेका छन् । समग्र विकास सेवा केन्द्रले गंगाजमुना गाउपालिकामा १ वटा र बेनिघाटरोराङ गांउपालिकामा वाड न १० लैताकमा केहि दिन लगतै सुरु हुदैछ । 

तालिम यसै गाउपालिकाका वाड न ९ का जननिर्वाचित सुरेश मल्ल ठकुरीको प्रमुख आतिथ्यमा औपचारिक रुपमा उद्घाटन भएको थियो भने गरिबि निबारण कोषका ईन्जिनियर सन्दिप पौडेल र दिपेन्द्र अवस्तीले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने